कालीगण्डकी कोरिडोको बागलुङ खण्ड ७५ प्रतिशत काम

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डमा धमाधम काम भइरहेको छ । त्रिदेशीय सडकका रुपमा रहेको कोरिडोर कालोपत्र हुन थालेपछि यात्रा पनि सहज बन्दै गएको छ । १४ वर्ष अगाडि सुरु भएको कोरिडोर आयोजना हालसम्म बागलुङ खण्डमा करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०६७/०६८ देखि सुरु भएको आयोजनाअन्तर्गत बागलुङमा दुई खण्डमा काम भइरहेको हो । गुल्मीको कालीगण्डकी गाउँपालिका-६ र बागलुङको जैमिनी नगरपालिका-८ को सिमाना पालुङखोलादेखि मालढुङ्गासम्म ३४ किलोमिटर सडक बागलुङमा पर्छ । उक्त खण्डमा दुई वटा ठेक्का लगाएर काम गरि रहेको कालीगण्डकी कोरिडोर आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर अरुण खत्रीले जानकारी दिनुभयो ।

खत्रीका अनुसार हालसम्म ८ किलोमिटर कालोपत्रे भई सकेको छ भने २६ किलोमिटर सडक भने फराकिलो बनाउने कार्य भइरहेको छ । धेरै ठाउँमा सडक कालोपत्रका लागि तयारी भएको भन्दै अहिले चिसोले गर्दा काम रोकिएको उहाँको भनाइ छ । पालुङखोलादेखि बलेवासम्मको २४ किलोमिटर कालिका कन्स्ट्रक्सन र बलेवादेखि मालढुङ्गासम्मको १० किलोमिटर खड्का/कृष्ण/बीएन जेबीले जिम्मा लिएर काम गरि रहेको इन्जिनियर खत्री बताउनुहुन्छ ।

उहाँले भन्नुभयो - “बागलुङको दुई वटै खण्डमा धमाधम काम भइरहेको छ, पहिले बजेट कमी हुँदा तीव्र गतिमा काम हुन सकेको थिएन, अहिले पनि पर्याप्त बजेट छैन, यद्यपी काम चाहीँ भइरहेको छ, साढे आठ किलोमिटर सडकमा कालोपत्र भई सकेको छ, अन्य बाकीँ सडक पनि कालोपत्रको लागि तयारी अवस्थामा छ, गर्मी सिजन सुरु भयो भने काम हुने छ ।”

कोरिडोरले बागलुङको जैमिनी र बागलुङ नगरपालिकालाई जोडेको छ । जैमिनी नगरपालिकामा १९.५ किलोमिटर र बागलुङ नगरपालिकामा १४.५ किलोमिटर पर्छ । तीन देश जोड्ने कारिडोरले बागलुङमा ठूलो संभावना उजागर गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । सडकले व्यापार व्यवसायसँगै पर्यटन प्रवर्द्धनमो ठूलो टेवा पुर्‍याउने उहाँको भनाइ छ ।

“कोरिडोर एउटा देशमा मात्रै छैन, यसले तीन वटा देशलाई जोडेको छ, त्रिदेशीय सडकले दक्षिण बागलुङका आम नागरिकलाई ठूला सहर पोखरा, बुटवल र भैरवाहसँग पहुँच विस्तार गरेको छ, धार्मिक पर्यटनको क्षेत्रका रुपमा विकास हुँदै गएको छ,” शर्माले भन्नुभयो - “अब गाउँमा उत्पादन भएका वस्तु सहज रुपमा बजारीकरण हुने छन् भने व्यवसायिक वातावरण तयार भएर बसाइँसराइ रोकिने छ, कोरिडोर पैसा बोकेर आएको अब यसलाई समात्न सक्ने क्षमता हामीहरुले राख्नु पर्छ ।”

नवलपुरको गैडाकोटदेखि कोराला नाकासम्म ४९५ किलोमिटर रहेको कारिडोर बागलुङको मालढुङ्गा २४० किलोमिटर लामो रहेको छ । यसले मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरवाह र भारतसम्म पुग्ने यात्रासमेत छोट्याई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?