
काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र प्रभु इन्सुरेन्स कम्पनी लिमिटेडबीच सुनचाँदी व्यवसायको प्रवद्र्धन र व्यवसायीहरूलाई आपत्कालीन जोखिमबाट सुरक्षा प्रदान गर्ने उद्देश्यले एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यस समझदारी पत्रले सुनचाँदी व्यवसायीहरूको आर्थिक सुरक्षामा सुदृढता ल्याउने र सम्भावित जोखिम व्यवस्थापनका लागि ठोस कदम चाल्ने दिशामा दुवै संस्थाबीच सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ । समझदारीअनुसार प्रभु इन्सुरेन्सले सुनचाँदी व्यवसायीहरूका लागि विशेष बिमा योजना र सेवाहरू प्रदान गर्नेछ ।
यसले आगलागी, चोरी, प्राकृतिक प्रकोपलगायतका अनपेक्षित घटनाबाट हुने आर्थिक क्षतिलाई न्यून गर्न मद्दत पु¥याउनेछ । साथै, महासंघले व्यवसायीहरूबीच बिमाको महत्वबारे जनचेतना अभिवृद्धि गर्न र व्यवसायको दिगोपनालाई प्रवद्र्धन गर्न प्रभु इन्सुरेन्ससँग सहकार्य गर्नेछ ।
प्रभु इन्सुरेन्सका अध्यक्ष राजेन्द्र मल्ल, प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका किसान सुनारको समुपस्थितिमा भएको हस्ताक्षर समारोहमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघतर्फबाट महासचिव निरबहादुर विश्वकर्मा र महासंघका कार्यालय प्रमुख राम महर्जन साथै प्रभु इन्सुरेन्स कम्पनी लिमिटेडतर्फबाट बजार विभाग प्रमुख समिर तामाङ र वित्त विभाग प्रमुख अरविन्दकुमार कर्णले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष किसान सुनारले भन्नुभयो, ‘यस समझदारीले सुनचाँदी व्यवसायीहरूको जोखिम व्यवस्थापनमा नयाँ सम्भावना खोल्नेछ । बिमाका माध्यमबाट व्यवसायीहरू थप सुरक्षित महसुस गर्नेछन् र व्यवसाय विस्तारमा आत्मविश्वासका साथ अघि बढ्नेछन् ।’ त्यस्तै, प्रभु इन्सुरेन्सका अध्यक्ष राजेन्द्र मल्लले भन्नुभयो, ‘हामीले विशेषरूपमा डिजाइन गरिएको बिमा सेवा प्रदान गरेर सुनचाँदी व्यवसायको दिगो विकासमा सहयोग गर्न पाउँदा गर्व महसुस गरेका छौं ।’
समझदारीको उद्देश्य सुनचाँदी क्षेत्रको आर्थिक विकासलाई गति दिनुका साथै जोखिम व्यवस्थापनलाई व्यवस्थित बनाउनु हो । यो पहलले व्यवसायीहरूमाझ बिमाको पहुँच वृद्धि गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ । प्रभु इन्सुरेन्स र महासंघले भविष्यमा पनि थप सेवा तथा कार्यक्रमहरूमार्फत् व्यवसायीहरूको हितका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच