
नेपालगञ्ज । बाँकेको कोहलपुरमा यातायात व्यवस्था शाखा कार्यालय स्थापना गरिएको छ । बुधबार एक समारोहका बीच लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले कार्यालय उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले संघीयताको मर्म अनुरुप कोहलपुरमा यातायात व्यवस्थाको शाखा कार्यालय स्थापना भएको बताउनुुभयो । कोहलपुरको आवश्यकता र कोहलपुरस्थित सरोकारवालाहरुको माग बमोजिम शाखा कार्यालय स्थापना गरिएको उहाँको भनाइ थियो ।
‘तीन तहका सरकार अन्तर्गत प्रदेश सरकार महत्वपूर्ण सरकार हो । सरकारले आवश्यकतामा आधारित भएर कार्य गर्दै आएको छ । त्यसै अनुरुप कोहलपुरमा लामो समयदेखि कार्यालयको माग हुँदै आएको थियो । प्रदेश सरकारले आवश्यकताको महशुुस गरेरै कार्यालय स्थापना गरेको हो ।’ उहाँले भन्नुुभयो ।
प्रदेश सरकारले आवश्यकतालाई मध्यनजर गर्दै बर्दियासहितका जिल्लाहरुमा ट्रायल सेन्टर स्थापना गर्न लागेको समेत उहाँले जानकारी दिनुुभयो ।
कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले कार्यालय स्थापनाको लागि नागरिक, सरोकारवाला र राजनीतिक दलहरूको सहकार्यले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । ‘कोहलपुरलाई केन्द्र बनाएर यस क्षेत्रको विकासका लागि थप कदम चाल्नेछौँ । यातायात कार्यालयको स्थापनाले कोहलपुरका नागरिकको दैनिकी सहज बनाउनेछ ।’ नगरप्रमुख आचार्यले बताउनुुभयो ।
लुम्बिनी प्रदेशसभा सदस्य बसन्ती अधिकारीले सहकार्य र अठोटको कारणले उपलब्धि सम्भव भएको बताउँदै यो कार्यालयले बाँकेको समग्र विकासलाई टेवा पु-याउने विश्वास व्यक्त गर्नु भएको थियो । यस्तै, प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरीले कार्यालयका सेवाहरू प्रभावकारी बनाउन आफ्नो पहल जारी राख्ने बताउनुभयो।
नेपालगन्जमा रहेको यातायात व्यवस्था कार्यालयको शाखा कोहलपुर नगरपालिका–११ स्थित पुरानो बसपार्कको भवनमा स्थापना गरिएको हो। कार्यालयले ब्लु बुक, लाइसेन्स नवीकरण, र पटके सेवा प्रदान गर्नेछ । कम्प्युटर अधिकृत सतिशजंग शाहका अनुसार हाल तीनजना कर्मचारीले सेवा सञ्चालन गर्दै छन् ।
पुरानो बसपार्क क्षेत्रमा कार्यालय स्थापनापछि कोहलपुरमा आर्थिक चहलपहल बढ्ने अपेक्षा गरिएको छ । सर्वसाधारण र व्यापारीहरूले कोहलपुरमै यातायात सेवाहरू उपलब्ध भएपछि यस क्षेत्रको व्यापार र सेवा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने बताउनु भएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच