
काठमाडौं । सत्तापक्षीय राजनीतिक दलको बैठकले संसदमा एक भएर प्रस्तुत हुने निष्कर्ष निकालेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सत्तापक्षीय राजनीतिक दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आजको बैठकले संसदका काम कारबाही तथा सरकारका सकारात्मक कामका बारेमा एक ठाउँमा उभिएर अघि बढ्ने निष्कर्ष निकालेकाे हो ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मुख्य सचेतक बर्तौलाले संसदको काम कारबाहीमा सत्तारुढ दलहरु एक ठाउँमा उभिएर सशक्त ढंगबाट सरकारका सकारात्मक कार्यहरुप्रति समर्थन जनाउँदै अघि बढ्ने निर्णय भएको बताउनु भयो ।
उहाँका अनुसार आजको बैठकमा अध्यादेशका विषयमा पनि छलफल भएको थियो । त्यसबारे सोधिएको प्रश्नमा उहाँले विधेयक र अध्यादेश फरक भएको उल्लेख गर्दै संसदमा पेश गरिने र ठीक नलागेको अवस्थामा अध्यादेश फेल गर्ने अधिकार संसदमा विद्यमान रहेको बताउनु भयो ।
बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुख सचेतसमेत सहभागी हुनुहुन्थ्याे ।
यही माघ १८ गतेदेखि संसद्को अधिवेशन प्रारम्भ हुँदैछ ।
साेअघि पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न प्रधानमन्त्रीले सत्तापक्षिय दलहरुको बैठक बाेलाउनु भएकाे थियाे।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच