
काठमाडौं । वान स्टप सोलुसन फर फेमिली एण्ड बेबी रिलेटेड प्रोडक्ट्स एण्ड सर्भिसेज भन्ने नाराका साथ बालबच्चा तथा परिवारलाई मनोरञ्जनसहित आवश्यक वस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउन बेबी एक्स्पो हुने भएको छ । माघ १६ गतेदेखि इभेन्ट सोलुसन प्रालिको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘फेमिली एण्ड बेबी एक्स्पो २०२५’ आयोजना हुने भएको हो । चार दिनसम्म सञ्चालन हुने एक्स्पोको अभिनेत्री प्रियंका र उहाँकी छोरी आयांकाले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
एक्स्पोमा बालबालिकाहरू मस्कट एपियरेन्स, पोएट्री तथा क्यालिग्राफी एक्टिभिटिजमा सहभागी हुन सक्छन् । फोटो बुथ तथा ३६० डिग्री क्यामेरा आकर्षणका रूपमा रहने एक्स्पोमा ट्रिजर हण्ट, स्पिन द हिृवल, स्काउट गेम तथा डान्समा बालबालिका रमाउन सक्ने इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताउनुभएको छ । उहाँका अनुसार बेलुन पप अप, म्युजिकल चियर, चम्चा दौड, फेस पेन्टिङ तथा ड्रइङ, पानीपुरी तथा पपकर्न खाने प्रतियोगिता पनि सञ्चालन हुनेछन् ।
बालबालिका तथा अभिभावकलाई लक्षित गरी विभिन्न किसिमका जानकारीमूलक सेसनसमेत सञ्चालन हुने एक्स्पोमा आमाबाबु र परिवारसम्बन्धी जानकारी प्रदान गरिनेछ भने महिला तथा बालबालिकामा हुने क्यान्सर तथा अटिजम र आइभिएफबारेका सेसनहरू पनि सञ्चालन हुनेछन् । एक्स्पोलाई जार रेस्टुरेन्ट, द वन्डरल्याण्ड, साउथवेष्टर्न स्कुल, वर्किङ टुगेदर फर सोसियो इकोनोमिक ट्रान्सफर्मेसन, ललितपुर उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ काठमाडौं, नेपाल स्काउट, आक्र्स फुड, साउथ एसियन एस्ट्रो फेडेरेसनले सहयोग गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच