सिन्धुलीको चियाबारीका आगलागी पीडितलाई संघसंस्थाको सहयोग

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 4 mins

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–२ चियाबारीका आगालागी पीडितलाई स्थानीय संघसंस्थाले सहयोग गरेका छन् । नेपाल रेडक्रस सोसाइटी, सिन्धुली र सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुलीले राहत उपलब्ध गराएका हुन् ।

सोमबार विहान चियाबारीमा भएको आगालागीबाट चार घर जलेर नष्ट भएका थिए । स्थानीय राजकुमार श्रेष्ठको घरबाट सुरु भएको आगलागीबाट श्रेष्ठको घर भाडामा लिएर किराना पसल चलाउँदै आउनु भएकी अम्बिका बुढाथोकीको किराना पसलको सामान, लत्ताकपडा, भाडावर्तन र नगद एक लाख, राजकुमार श्रेष्ठ, कौशल थापा योग बहादुर थापा र गंगा बहादुर थापाको घर, नगद १३ लाखसहित गरगहना, होटलको सामान, फर्निचर, लत्ताकपडा भाडार्वतन लगायतका सामाग्रीसहित एक करोड १६ लाख २० हजार बराबरको धनमान क्षति भएको थियो ।
‘जहाँ आपतविपद त्यहाँ रेडक्रस’ भन्ने मुल मन्त्रका साथ जिल्लामा सक्रिय रुपमा सेवा प्रवाह गदँै आएको रेडक्रस जिल्ला शाखाले गैरखाद्य सामाग्री ‘राहत प्याकेज’ घटनास्थमै पुगेर वितरण हो ।

रेडक्रस सभापति अशोक श्रेष्ठकाअनुसार प्रतिपीडित परिवार लत्ताकपडा, ओड्ने, ओछ्याउने, भाडाँकुडा, त्रिपाल लगायत गरीे १३ हजार बराबरको रेडक्रस राहत प्याकेजमा हुन्छ । उक्त राहत प्याकेज आगालागी पीडितलाई वितरण गरिएको उहाँले बताउनुभयो ।

‘आगालागीबाट चार घर पुरै जलेर नष्ट भएका छन् । त्यहाँको अवस्था अत्यन्तै नाजुक देखियो, हामीले तत्काल राहत प्याकेज वितरण गर्यौ,’ उहाँले भन्नुभयो, “ गत साउन १ गतेदेखि आजको दिनसम्म एक सय पाँच पीडितलाई रेडक्रसले राहत प्याकेज उपलब्ध गराइसकेको छ ।”
आगालागी पीडित, जंगली हात्ती पीडित, हावाहुरी र चट्याङ पीडितलाई उक्त राहत प्याकेज रेडक्रसले प्रदान गदैँ आएको छ । बस्ने बाँस, खाने गाँस सबै जलेपछि विच्चली भएर बसेका आगालागी पीडितहरुलाई तत्कालै उपलब्ध गराइएको यो राहत प्याकेजले केही मात्राभएपनि सहयोग पुग्ने उहाँको बुझाई छ ।

त्यस्तै, उद्योग वाणिज्य संघ सिन्धुलीले प्रतिपीडित परिवार ३० केजी चामल, दाल, चना, नुन, तेल, चिउरा लगायत गरी २५ हजार बराबरको खाद्यसामाग्री वितरण गरेको अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताउनुभयो ।

दुबै संघसंस्थाले प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुनिता नेपाल र स्थानीयबासीको सहभागितामा राहत प्याकेज आगलागी पीडितलाई प्रदान गरेका थिए । प्रमुख जिल्ला अधिकारी नेपालले सरकारले दिइने राहतका लागि वडाको सिफारीस लिएर जिल्ला प्रशासन कार्यालय, सिन्धुलीमा आउन पीडितलाई आग्रह गर्नुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?