
भोजपुर । ताप्लेजुङमा केवलकार बनाउने बिषयमा देखिएको समस्या सर्वपक्षिय बार्ता मार्फत समाधान गर्न भोजपुरमा क्रियाशिल राजीतिक दल तथा बिभिन्न संघसंस्थाले माग गरेका छन ।
ताप्लेजुङमा अवस्थित मुक्कुमलुङ नागरिक र विषेशगरी आदीवासीहरुको आस्थाको धरोहर भएकाले स्थानीयको भावना विपरीत केवलकार निर्माण नगर्न माग गरिएको हो । विगत लामो समयबाट विभिन्न राजनीतिक दल र संघ संस्थाहरु शान्तिपूर्ण आन्दोलन तथा विरोध कार्यक्रमहरु संचालन भई रहेको अवस्थामा सर्वपक्षिय वार्ता मार्फत समस्याको समाधान खोज्नु पर्नेमा गोली प्रहार गरी घाइते बनाइएको भन्दै भोजपुरमा क्रियाशिल राजीतिक दल तथा बिभिन्न संघसंस्थाले मंगलवार संयुक्त प्रेस बिज्ञप्ती निकाल्दै त्यसको निन्दा र भत्सर्ना समेत गरेका छन् ।
जिल्लामा क्रियाशिल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी, प्रदेश नामाकरण संयुक्त संघर्ष समिति, अरुण तेश्रो प्रभावित क्षेत्र संघर्ष समिति, किरात राई चाम्लिङ खाम्वातिम, उद्योग बाणिज्य संघ लगायतले संयुक्त बिज्ञप्ति प्रकाशन गर्दे घटनालाई तनावग्रस्त हुनबाट रोक्नका लागि सम्बन्धित संघर्षरत सम्बन्धित सरोकारवाला संघ सस्था राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरुको सहभागितामा वार्ता आयोजना गरी राज्य र अधिकारकर्मी दुवै पक्षबाट वल प्रयोग गर्ने र भिडन्त हुने अवस्थाको अन्त्यका लागि वार्ताको माध्यमवाट समस्याको समाधानको बाटो पहिल्याउन माग गरेको
हो ।
यस्तै घाइतेहरुको निशुल्क उपचारका लागि जोडदार माग समेत गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच