![प्रचण्डले गरे धुर्कोट गाउँपालिकाको शहिद पार्कको उद्घाटन](https://ehimalayatimes.com/wp-content/uploads/2025/02/prachanda-1-1.jpg)
काठमाडौं । सरकारले सामाजिक सञ्जालबाट गलत सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँसम्म जरिवाना तिराउने विधेयक ल्याएको छ।
सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ट्रोल गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ल्याएको हो।
सरकारले यो विधेयक संसदमा पेस गरेको हो।
सरकारले तयार पारेको विधेयकमा सामाजिक सञ्जाल प्लेटफर्म कम्पनीहरुले दर्ताबिना सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ ।
सामाजिक सञ्जालमार्फत् कसैको मान प्रतिष्ठामा आँच पुग्ने, होच्याउने, ट्रोल बनाउन नपाइने व्यवस्था गरिएको छ । भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमोड गरी प्रसार गरेमा वा सेयर गरेमा पाँच लाखसम्म जरिबानाको व्यवस्था गरिएको छ ।
राष्ट्रियता, सार्वभौमसत्ता, धर्म संस्कृति तथा जनजाति वर्गलालाई केन्द्रित गरी द्वेष फैलाउने काम गरेमा पनि पाँचलाख रुपैयाँसम्म जरिबानाको व्यवस्था गरिएको छ ।
आफ्नो पहिचान लुकाएर सामाजिक सञ्जालमा छद्मभेषी नाम राख्न नपाइने र त्यस्तो कार्य गरेमा कारबाहीको व्यवस्था गरिएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्तालाई जरिवाना गर्नुअघि सफाइको मौका दिइने पनि उल्लेख गरेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच