भगवान रामचन्द्रको अवतार त्रेतायुगमा भएपश्चात उहाँको चरित्रलाई वर्णन गर्ने क्रममा ऋषि वाल्मीकिद्वारा रामायणको रचना भएको पाइन्छ । वाल्मीकि रामायणको नाउँमा प्रसिद्ध उहाँको ग्रन्थले भगवानको गुण चरित्र आदर्श समाज, आदर्श राजा तथा आदर्श राज्यको प्रतीक बन्न पुग्यो । संस्कृत भाषामा रचिएको बाल्मीकि रामायणलाई आआफ्नो भाषामा लेख्ने क्रममा नेपालमा पनि आदिकवि भानुभक्तले रामायण रचना गरी सम्पूर्ण नेपाल तथा विश्वमा रहेका नेपाली भाषीहरूका माझ लोकप्रिय बनाउनुभयो । आध्यात्मिक प्रभाव रहेको तत्कालीन समयमा सुन्दर स्तुति रचनाका रूपमा समेत महत्व राख्ने रामायणको रचना एक युगान्तकारी कार्य थियो ।
नेपाल अधिराज्यको एकीकरण गरेका पृथ्वीनारायण शाहपछि भाषा, संस्कृति र धर्मका आधारमा नेपालीलाई रामायणका माध्यमबाट एकीकृत गराउन सफल भएको कुरा सबैले अनुभव गरेको तथ्य हो । असत्यमाथि सत्यको विजयलाई समेत स्मरण गराउने रामायण आजका दिनमा अझ बढी प्रभावकारी बन्ने निश्चित छ ।
नेपाली साहित्यले समेत विकास गर्न नसकिरहेका समयमा भानुभक्तका रामायणले नेपाली साहित्यलाई समेत उच्चस्तरमा पुर्याउन मद्दत गर्यो । संस्कृतको उत्कृष्ट रचनाका स्थानमा सरल नेपाली भाषामा रचना गरिएको रामायण सुन्नेका लागि पनि कर्णप्रिय लाग्दछ । सबै नेपालीका माझमा भगवान रामचन्द्रको चरित्रलाई आदर्शका रूपमा स्थापित गराउन सफल भानुभक्त रामायण नयाँ पिँढीका बीचमा पनि उत्तिकै लोकप्रिय र सम्मानित रहेको पाइन्छ । तुलसीदासद्वारा रचना गरिएको रामचरित्र मानसले प्रभाव पारेको हुदा भानुभक्तको जन्म जयन्ति राममय बन्न पुग्दछ । भाद्र २९, विक्रम सम्वत १८७१ का दिन जन्मिएका भानुभक्तको जन्म जयन्ती घरघरमा समेत रामायणको पाठ गरी श्रद्धापूर्वक मनाइने परम्पराले धार्मिक महोत्सवको स्वरूप ग्रहण गर्दछ ।
नेपाल अधिराज्यको एकीकरण गरेका पृथ्वीनारायण शाहपछि भाषा, संस्कृति र धर्मका आधारमा नेपालीलाई रामायणका माध्यमबाट एकीकृत गराउन सफल भएको कुरा सबैले अनुभव गरेको तथ्य हो । असत्यमाथि सत्यको विजयलाई समेत स्मरण गराउने रामायण आजका दिनमा अझ बढी प्रभावकारी बन्ने निश्चित छ । भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरको उद्घाटनसँगै रामकथाले सम्पदा सम्वादको रूप लिने हुँदा नेपाली विद्वानहरूले लेखेका रामायण, रामराज्य तथा रामका सम्बन्धमा लेखिएका लेख रचनाहरू महत्वपूर्ण बन्नेछन् । यसकै क्रममा अदिकवि भानुभक्तद्वारा रचिएको रामायण र भानुजयन्तीको अन्तर्राष्ट्रिय महत्व बढेर जानेछ । मौलिक रचनाको कोटीमा रहेको भानुभक्त रामायणको प्रभावले विश्व साहित्यको क्षेत्रमा समेत नेपाली साहित्यको प्रभाव बढ्नगई आदर्शको केन्द्र बन्नेछ ।
एक दिन नारद सत्यलोक पुगि गया लोक्को गरुँ हित् भनी,
ब्रहृमा ताहिं थिया पर्या चरणमा खुसी गराया पनि,
भानुभक्त रामायणका उपरोक्त श्लोकले मौलिकताका साथै सबैका हृदयमा प्रभाव पार्दछ,
राम हुन् ती कहाँ विकारी,
इस लोकमा छन् नररुपधारी,
काम गर्न लाग्यो ती नरै सरीका,
लीला अपार छन् भगवान् हरीका,
जनसाधारणको भाषा र भावनालाई सरल ढंगले मौलिक रूपमा व्यक्त गर्नाले निरन्तर पाठ गर्दा पनि झर्को लाग्दैन । बारम्बार पढि रहौँ जस्तो लाग्दछ । चमत्कारी भानुभक्त रामायणको अध्यनले नयाँ विश्वव्यवस्थातर्फ समाजलाई रूपान्तरण गर्न सहयोगी बन्नेछ । ससंगीत रामायण लेखनसँगै पं.केदारनाथ देवकोटाले भगवान रामको महत्वलाई जनमानसमा पुर्याउन महत्वपूर्ण योगदान पुर्याइरहनु भएको छ । कथा व्यासकारका रूपमा समेत राम कथा वाचनले आदर्श पुरुषको चरित्रलाई सम्झाउन सामर्थ राख्दछन् ।
शास्त्रीय आधारलाई संगीतमय ढंगले प्रस्तुत गर्नाले अझ रोचक बन्न गएको छ । ‘धनुर्वणिधरं रामं : क्रीङतं सरयुतटे’ कोटि ब्रहमाण्ड कर्तारं वन्दे राजेन्द्र बालकम्” धनुर्वाण धारण गर्ने, सरयू नदीका तीरमा विहार गर्ने अनन्तकोटी ब्रहमाण्डको कर्ता (भएर पनि) राजपुत्र स्वरूप श्रीरामलाई वन्दना गर्दछु भन्दै महात्भ्य वर्णनवाट सुरु गरिएको ससंगीत रामायणसँगै तुलसीकृत रामायणलाई एकै साथ संयोजन गरी बीच–बीचमा भजनको प्रावधानले स्तरीयता र मौलिकता पनि दर्शाउन सफल भइरहेको छ ।
अध्यात्म रामायण महात्म्यको शिववन्दना पनि श्रवणाय रहेको छ । ‘रामं विश्वमयं वन्दे रामं वन्दे रधुद्वहम् । रामं विप्रवरं वन्दे रामं श्यामग्रजं भजे, ।। यस्य वागंशुतश्च्यूतं रम्यं रामायणमृतम, शैलजासेवितं वन्दे तं शिवं सोमरुपिणम्’ ।। ‘सच्चिदानन्द संदोहं भक्ति भति विभूषणम्, पूणिानन्दमहं वन्दे सद्गुरु, शंकरःस्वयम्’ अज्ञानध्वान्तसंहर्ती ज्ञानलोकमूर्तये विलासिनी, चन्द्रचुडवचश्चन्द्र चन्द्रिकेयं वराजते ।। अप्रमेय त्रयातीत निर्मलं ज्ञान मनोगिरां विदुराम दक्षिणामूर्तये नम : जो प्रयक्षादि प्रमाणदेखि टाढा त्रिगुणातीत मलहीन ज्ञान स्वरूप र मन वाणी आदिका अविषय् हुनुहुन्छ ती दक्षिणामूर्ति भगवान् सदाशिवलाई नमस्कार छ भन्ने अध्यात्मरामायणको महात्म्यको उल्लेख रहेकाले पुस्तकको गरिमा वढेको पाइन्छ । भानुभक्त रामायण, रामगीताका श्लोकदेखि भजनहरू समेतको उल्लेख रहनुले सम्पूर्ण ज्ञान दिने कोसिस गरिएको छ ।
कीर्ति बस्छ पृथ्वीमा पुण्य साथमा जान्छ, छोराछोरी धन सम्पत्ति कसले सँगै लान्छ । भजनका रूपमा नेपाली श्लोकहरूको संगीतमय वाचनले रामकथाप्रति आस्था अझ बढेर जान्छ । वैराग्य जगाउने गरी गाइने भजनपश्चात उपस्थित श्रोता भक्तहरू नाच्न थाल्दछन् । ‘राम जाम जपेर पार तर्ने हो, जिन्दगीको भर छैन कैले मर्ने हो ।’ ‘यस्ता कर्णप्रिय संगीतमय भजनले रामकथा नोपली कथाझै बन्न जान्छ । सत्येन ध्यायते विष्णु त्रेतयां यजतो मरवैः । द्वापरे परिचर्या च कलौ तद्धरि र्कीतनाम” । सत्ययुगमा तपस्या, त्रेतामा यज्ञ, द्वापरमा मन्दि निर्माण एवं पूजा र कलिमा हेरि कीर्तनबाट भगवान प्रसन्न हुनु हुन्छ भनी लेखिएको पाइन्छ ।
पहिले गाउँगाउँमा देवता थिए, ठाँउ ठाँउमा यज्ञ हुन्थ्यो, घरघरमा सम्पत्ति थियो, व्यक्ति व्यक्तिमा धर्मको भावना थियो भन्दै रामराज्यमा उल्लेखित श्लोकले वर्णन गरेको पाइन्छ । पूर्णप्रसाद ब्राहृमणद्वारा रचिएको रामराज्यम् खण्डकाव्यले रामको महत्वलाई साहित्यिक दृष्टिबाट पनि उच्च बनाउन सफल रहेको पाइन्छ ।
तसर्थ सम्पूर्ण देश, विदेशमा बस्ने नेपालीहरूलाई संगीतमय रामायणले मन मस्तिष्कमा शान्तिको प्रभाव पारी जीवन जिउन अनुकूल बनाओस् र देहान्तपछि भगवान् श्रीरामको शान्तानिक लोक प्राप्ति हवस् भनी मर्यादा पुरुषोत्तम भगवान श्रीरामसँग प्रार्थना गर्दछु भन्ने लेखकको प्रार्थनाले पनि पुस्तकको मौलिकतालाई बुझन सकिन्छ । रामकथामा छुट्टै स्थान बजाउन सफल ससंगती रामायणको महत्व अझ बढेर जानेछ ।
ग्रामे ग्रामे स्थितितो देवो
देशे देशे स्थितो मरवः
गेहे गेहे स्थित द्रव्यं
धर्मश्चैव जने जने ।
अर्थात त्यसबेला गाउँगाँउमा देवता थिए, ठाउँठाउँमा यज्ञ हुन्थ्यो, घरघरमा सम्पत्ति थियो, व्यक्ति व्यक्तिमा धर्मको भावना थियो भन्दै रामराज्यमा उल्लेखित श्लोकले वर्णन गरेको पाइन्छ । नेपालका विद्वान पूर्णप्रसाद ब्राहृमणद्वारा रचिएको रामराज्यम् खण्डकाव्यले रामको महत्वलाई साहित्यिक दृष्टिबाट पनि उच्च बनाउन सफल रहेको पाइन्छ ।
प्रजा : सत्या : प्रजा : स्नेहृया :
को राष्ट्र : प्रजया विना ?
तत् प्रजैव हि सर्वस्वम्
राष्ट्रस्येति विभावय ।
अर्थात प्रजालाई सेवा, स्नेह गरिरहनु पर्दछ । प्रजा विनाको राष्ट्र कहाँ बन्छ ? त्यसैले राजाका लागि प्रजानै सर्वस्व हो भन्ने मान्यता रहेकाले राष्ट्रको महत्व रहेको बताउनाले आज पनि रामराज्यको सान्दर्भिक्ता स्पष्ट बुझ्न सकिन्छ ।
राज्ये धर्म, संस्कृतिं चा
स्कन्दत : प्राकृतान् जनान्
उत्थाप्य क्रमश : श्रोतम्
मार्ग रन निरुरुत्सति । धर्म संस्कृतिको रक्षा गर्दै जनताको उन्नतिका लागि जनताको पनि विचार सुन्ने चलन रामराज्यमा थियो भन्ने कुरा बुझन सकिन्छ ।
संरक्ष्या मालिना वृक्षा
प्रतिरोप्याश्चा वृक्षाका
उत्खातव्या : कण्टकिन :
उद्यानस्य समृद्धये । मालिना वृक्षको संरक्षणका लागि अन्य वृक्ष त्यसक्षेत्रमा रोप्नु हुन्न । बगैँचाको समृद्धिका लागि त्यहाँ उम्रिएका काडाहरूलाई हटाउन पर्दछ, राजाले भन्ने भनाइ शासकको जिम्मेवारीका रूपमा व्याख्या गरिएको छ ।
ग्रामे जनपदे वाद्रपि
हिंस्रका वन्यजन्तव :
प्रविश्य नो क्षतिं काञ्चित्
कुर्वते संयता इव । गाउँमा हिंस्रक जनवार पसेर क्षति नपुर्याओस् भनी संयता अपनाए झैँ राजाले पनि जनधनको रक्षाका लागि सर्तक रहनु पर्दछ भन्ने आशाय प्रकट गरिएको छ । रामराज्यको सम्बन्धमा खण्डकाव्य नै लेख्ने नेपाल-भारतका विद्वानमा उहाँ नै प्रथम हुनुहुन्छ भन्ने हाम्रो ठम्याइ रहेको छ । भगवान रामका विषयमा रामायणको रचना गर्ने भानुभक्त आर्चाय, ससंगीत रामायण पुस्तक लेख्ने पं. केदारप्रसाद देवकोटा तथा रामराज्यम् खण्डकाव्य रचना गर्ने पूर्णप्रसाद ब्राहृमण सबैका आदरणीय हुनुहुन्छ । चर्तुमासका रूपमा वाल्मीकि रामायणको आयोजना गर्ने श्रद्धेय कुवेर सुवेदी पनि धन्यवादका पात्र हुनुहुन्छ । वेदकालीन स्वराज्य र त्रेतायुगको रामराज्यको तुलनात्मक जानकारी गराउने यस लेखकको लेखहरू पनि सभ्यता सम्वादको स्रोत बन्ने हुँदा नेपाल-भारत साझा संस्कृतिको उत्थान तथा संरक्षणमा नेपाली विद्वानहरूको प्रयास भारतलगायत विश्वका लागि पनि अनुकरणीय बन्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच