तनहुँको बन्दीपुरमा जन्मी नेपालगञ्जमा बसोवास अनि काठमाडौंलाई कर्मथलो बनाउँदै आउनुभकी मोडल तथा डान्सर रुविना अधिकारीले आठ वर्षको करियरमा आफूलाई ‘मोडल क्विन’को रूपमा स्थापित गर्न सफल हुनुभएको छ । ३५० भन्दा बढी लोकदोहोरी गीतको भिडियोमा मोडलिङ र नृत्य गरेर आफूलाई अब्बल सावित गर्नुभएकी रुविना नृत्य प्रस्तुतिबाटै नेपालका लगभग सबैजसो मञ्चमा प्रस्तुत भइसक्नुभएको छ भने भारत, कतार, जापान, अष्ट्रेलिया, यूएईजस्ता देशमा समेत पुगेर नृत्य प्रस्तुत गर्नुभएको छ । पाँच सयभन्दा बढी प्रत्यक्ष रंगमञ्च नृत्य प्रस्तुत गर्नुभएकी उहाँ ‘सोचेझैँ जिन्दगी रैनछ’ बोलको गीतको भिडियोको नृत्यबाट यो क्षेत्रमा चम्किनुभएको थियो । उहाँका ‘देशै छोडी जाउँला, ठग्यो जिन्दगीले, भीरमा सेती गाई, विन्दु, बैनीज्यू दाजैज्यू’ जस्ता दर्जनौं हिट लोकदोहोरी गीत भिडियो छन् । उहाँले ‘सगरमाथा म्युजिक अवार्ड-२०७५, दोस्रो नेसनल ब्राण्ड म्युजिक अवार्ड-२०७८, पहिलो स्टार म्युजिक भिडियो अवार्ड-२०२२, काव्या म्युजिक अवार्ड-२०७९, तीज अवार्ड-२०७९, विन्ध्यवासिनी म्युजिक अवार्ड-२०७९, राष्ट्रिय लोकदोहोरि अवार्ड-२०२३’ जस्ता अवार्ड आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ । रुविनाले अन्य गीतमा भन्दा बढी लोकदोहोरी गीतमा चर्चा कमाउनुभएको छ । आफ्नो नशा नशामा लोकदोहोरी रहेको बताउनुहुने मोडल तथा डान्सर रुविना अधिकारीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशंः-
यो क्षेत्रमा कसरी आउनुभयो ?
खासमा यो क्षेत्रमै आउँछु, कलाकार बन्छु भन्ने योजना नै त थिएन । एसएलसीपछि एक्सरसाइजको रूपमा डान्स क्लास ज्वाइन गरेको थिएँ, पछि डान्सिङमै इन्जोय गर्न थालेँ । त्यसपछि त खाना बनाउँदा हुन्छ कि अरू बेला, जुन बेला पनि कानमा इयरफोन लगाउने, गीत बजाउने अनायासै नाच्ने गर्न थालेछु । काम र डान्ससँगै गर्दै जाँदा विस्तारै इन्ट्रेष्ट बढ्दै गयो । ठूली ममीको छोरी सरिता खनाल गीत गाउनुहुन्थ्यो । विसं २०७२ सालमा उहाँकै गीतको भिडियोबाट यो क्षेत्रमा डेब्यु गरेँ । त्यो हेरेर सबैजनाले ‘फ्युचर राम्रो छ तिम्रो’ भने । त्यसपछि डे बाई डे कामहरू बढ्दै गयो, राम्रो राम्रो इभेन्टहरू पाउन थालेँ । २०७३ सालमा लक्कीली मह जोडीसँग नेपाल टुर गर्न पाए । नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने ‘तीते जिरे गाईजात्रा’ कार्यक्रममा पनि डान्सर भएर काम गर्न पाएँ ।
यो क्षेत्रमा प्रवेश भएदेखि कस्तो महसुस भइरेको छ ?
एकदमै ग्रेटफुल छु । डान्सबाट दुई-चारजना माझ भए पनि चिनिने मौका पाएको छु । आफ्नो प्यासन जिउँदा खुशी छु । जुन फ्यामली व्याकग्राउण्डबाट म बिलङ गर्छु, त्यो हेर्दा यत्तिको लाइफ स्टाइल होला भन्ने सोचेको पनि थिइन । सबै कुरा डान्सले जे दिएको छ, त्यसका लागि ग्रेटफुल छु ।
एक दुईटा आधुनिक गीतको भिडियो पनि गरेको छु । नत्र लोकदोहोरी नै हो । लोक दोहोरीमै नाचेँ, लाकदोहोरीमै बाँचे, नशा नशामा लोकदोहोरी छ । आधुनिक पनि मन पर्छ, तर लोकदोहोरीमा जत्तिको जस्टिस गर्न सक्छु जस्तो लाग्दैन । फाष्ट बिटको गीतमै बढी एडजस्ट हुन्छु जस्तो लाग्छ ।
यहाँलाई लोकदोहोरी भिडियोमा मात्र देखिन्छ नि ?
एक दुईटा आधुनिक गीतको भिडियो पनि गरेको छु । नत्र लोकदोहोरी नै हो । लोकदोहोरीमै नाचेँ, लाकदोहोरीमै बाँचे, नशा नशामा लोकदोहोरी छ । आधुनिक पनि मन पर्छ, तर लोकदोहोरीमा जत्तिको जस्टिस गर्न सक्छु जस्तो लाग्दैन । फाष्ट बिटको गीतमै बढी एडजस्ट हुन्छु जस्तो लाग्छ ।
तपाईं डान्सर कि एक्टर ?
म डान्सर नै हो । डान्सरभित्र एक्टर पनि लुकेको चाहिँ हुन्छ । गीत अनुसार इमोशन डिफिरेन्ट हुन्छ । इमोशनहरू सबै लुकेको हुन्छ डान्समा । स्याड पनि हुन्छ, हाँसो पनि हुन्छ । डान्सरले त्यो सबै गर्नुपर्छ । मलाई म प्योर एक्टिङभन्दा पनि डान्स चाहिँ राम्रो गर्छुजस्तो लाग्छ ।
आठ वर्षमा तीन सयवटा गीतको भिडियोमा काम गर्न कसरी सम्भव भयो ?
लोकदोहोरीको सुटिङ धेरै हुन्छ । तीजजस्तो पर्वमा त एक दिनमै दुईटा पनि हुन्छ । त्यसैले सम्भव भयो । आठ वर्षमा योभन्दा पनि धेरै भिडियोमा काम गर्न सकिन्थ्यो । तर, म अलि चुजी पनि छु । छानेर काम गर्दा गर्दै तीन सयभन्दा बढी भिडियो पुगेछ ।
कमाईको हिसाबले यो क्षेत्र कस्तो छ ?
राम्रो छ, पुग्दो छ । म्युजिक भिडियोभन्दा विभिन्न जिल्ला र विदेशमा हुने इभेन्ट र महोत्सवबाट कमाई राम्रो छ । यसबाट बेसिक लाइफ जिउन सकिन्छ ।
पछिल्लो समयमा म्युजिक भिडियो निर्माणमा कमी भइरहेको छ नि ?
हो, अहिले म्युजिक भिडियो कमै मात्रामा बनेको छ । तर, मलाई चाहिँ खाली बस्नु परेको छैन । केही न केही काम भइरहेकै छ । इन्टरटेनमेन्ट भन्ने कुरा मानिसको बेसिक निड पूरा भएपछि हुने हो । तर, अहिले जताततै इकोनोमिक क्राइसिस चलिरहेको छ । त्यसको असर म्युजिक भिडियो निर्माणमा पनि परेको देखिन्छ ।
तपाईंलाई कोसँग काम गर्न सजिलो लाग्छ ?
मलाई सबैजनासँग काम गर्न सजिलो लाग्छ । प्रायः धेरैसँग काम गरिसकेको छु । सबैजना मिलनसार र सहयोगी हुनुहुन्छ । तर, लेडिज भएको हिसाबले स्मृति तिमिल्सिना गुरुआमासँग काम गर्न अझै सहज लाग्छ । कविराज गहतराज सरसँग भने अहिलेसम्म काम गर्न पाएको छैन, उहाँसँग काम गर्ने चाहना छ । प्रायःजसो लोकदोहोरी गायक गायिकाको गीतको भिडियोमा काम गरिसकेको छु । एकपटक पल दाइसँग चाहिँ म्युजिक भिडियोमा काम गर्न मन छ । इभेन्टमा चाहिँ उहाँसँग काम गरिसकेको छु ।
यो क्षत्रेमा कमी के छ ?
कमी टेक्निकल कुरै हो जस्तो लाग्छ मलाई । कम्पेयर गर्न त मिल्दैन । हरेक तरिकाले हामी जति भए पनि त्यतिले पूर्ण भएपनि हामी पछाडि नै छौं बलिउडको हेर्दा । बलिउडको क्यामराको एंगल र इडिटिङले सिम्पल कुरा पनि कस्तो एक्स्ट्रा देखिइरहेको हुन्छ । त्यो कुराको कमी जस्तो लाग्छ । हामी आर्टिष्टबाट पनि कमी होला । अझ बढी सिकेर आएको भए अझ राम्रो हुन्थ्यो होला । स्पटको सिकाइले मात्र पुग्दैन जस्तो लाग्छ । मिहिनेत पनि कमी भएको हो कि । दुई-चार वर्ष सिकेर आएको भए अझ बेटर गर्न सक्थें होला ।
हालै राजधानीमा सम्पन्न राष्ट्रिय लोक दोहोरी अवार्डमा मोडलतर्फको अवार्ड चुम्दा कस्तो महसुस गर्नुभयो ?
मेरो लागि यो अविश्वसनीय क्षण बन्न पुग्यो । एउटा लोकदोहोरी कलाकार हुनुको नाताले योभन्दा बढी खुशी अरू केही हुनै सक्दैन । मलाई लाग्छ कि, मैले ठूलो सफलता हासिल गरेँ । मलाई लाग्छ, यसबाट मेरो धेरै जिम्मेवारी बढेको छ र अब मैले धेरै गर्नुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच