सियोल । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ताका लागि आग्रह गरेको उत्तर कोरियाले जनाएको छ । उत्तर कोरियाली नेता किमकी बहिनीले जापानी प्रधानमन्त्री किशिदासँग शिखर वार्ता गर्न अनुरोध गरेको सोमबार पुष्टि गर्नुभएको हो ।
लामो समयदेखि चलिरहेको अपहरण विवाद र उत्तर कोरियाको प्रतिबन्धित हतियार कार्यक्रमसहित दुई देशबीचको सम्बन्ध ऐतिहासिक रूपमा तनावपूर्ण छ । किशिदाले हालै सम्बन्ध सुधार गर्ने इच्छा व्यक्त गर्नुभएको छ । प्योङयाङले जापानी प्रधानमन्त्री किशिदाको आग्रहबारे कुनै औपचारिक प्रतिक्रिया दिइनसकेको जनाएको छ ।
गतवर्ष किशिदाले उत्तर कोरियाली समूहले सन् १९७० र १९८० को दशकमा जापानी नागरिकको अपहरण गरेको घटनालगायत सबै समस्या समाधान गर्न टोकियो इच्छुक रहेको भन्दै आफू बिनाशर्त किमसँग भेट्न तयार रहेको बताउनुभएको थियो । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच