काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्रबहादुर शाहीले संसदमा कविता सुनाउनु भएको छ ।
आइतबारको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले कविता मार्फत सरकारको आलोचना गर्नुभएको छ । उहाँको कविताले बालकुमारी घटनामा सरकारले नौ जवान दुई युवाको सपना गोलीले उडाइदिएको बताउनु भएको छ । साथै सरकारप्रति लक्षित गर्दै उहाँले त्यस कुरामा संसदमा आवाज उठाउँदा शक्तिमा बस्नेहरुले आफ्नो राजीनामा मागेको कुरा उल्लेख गर्नुभएको छ ।
हेर्नुहोस् शाहीको कविता
‘फक्रक्क फुल्न नपाउँदै कोपिलामै चुँडाइदियौ
दुई नौजवानको सपना बालकुमारीमै उडाइदियौ
थिए होलान् तिनीहरुका पनि सपना
न्यानो लगाउने र मिठो खाने
रक्षक नै भक्षक भएपछि
न्याय खोज्न अब कहाँ जाने ?
आँखाबाट आँशु झार्दै
भक्कानिएर रुन्छिन् तिनकी आमा
अपराधीलाई कारबाही गर भनी
संसदमा आवाज उठाउँदा माग्छौ मेरो राजीनामा
सत्ता तिम्रै छ, शक्ति तिम्रै छ,
जति दबाउन सक्छौ दबाऊ,
दबिएर दबिँदैन यी आवाजहरु
एक दिन उठ्नेछन् र भन्नेछन्
भ्रष्टाचारी र देशद्रोहीलाई संसदबाट मात्र होइन
यो देशबाटै भगाऔं ।’
त्यसपछि उहाँले आफ्नो अन्य धारणा राख्नुभयो ।
शाहीले संघीय लोकतान्त्रिक गणतन्त्र चाहिने वा नचाहिने भन्नेकुरा पनि रोज्न पाइने व्यवस्था संविधानले नै गरेको जिकिर गर्नुभयाे ।
उहाँले नेपालको संविधानको धारा २७४ ले यो व्यवस्था चाहिने वा नचाहिने भन्नेकुरा पनि संशोधन गर्न पाईन्छ भन्नेकुरा स्पष्ट उल्लेख गरिएको दाबी गर्नुभएको हो । प्रमुख सचेतक शाहीले आफूले फरक विचार राख्दैमा केही सांसदहरुले राजीनामा मागेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
उहाँले जुम्लाका जनताले आफूलाई निर्वाचित गराएर पठाएको हुनाले कुनै अमुक व्यक्तिले राजनीमा माग्दैमा दिन नसकिने उहाँको भनाई थियो ।
प्रवक्ता शाहीले आफूहरुले हत्या, हिंसा कुनैपनि जघन्य अपराध गरेर नआएको हुनाले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको पनि पटक पटक दोहोर्याउनु भयो ।
प्रमुख सचेतक शाहीले आफूले जातको नाममा, धर्मको नाममा आफूले हिंसा नगरेकाले राजनीमा दिनुपर्ने कुनै कारण नभएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच