
लमजुङ । लमजुङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज दोर्दी गाउँपालिका–५, पाचोक क्षेत्रस्थित कैँची जङ्गलको कच्ची सडकमा ट्र्याक्टर दुघर्टना हुँदा तनहुँको भानु नगरपालिका–९, बाइसजाँगरका अन्दाजी २७ वर्षीय किरण गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।
कैँचीडाँडाबाट काठदाउरा लिन चाँदीडाँडा जाँदै गरेको ग१त ५२७६ नंको ट्र्याक्टर दुघर्टना हुँदा गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभयो । उहाँले दुर्घटनास्थल जङ्गल रहेको र त्यहाँ वरिपरि कोही नभएकाले मृतक चालक हुन् वा अन्य भनेर यकिन भइनसकेको बताउनुभयो ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच