
काठमाडौं । ‘एक्टर’ र ‘एक्टर : टेक वन’ फिल्मका निर्माताबीच नामलाई लिएर चलिरहेको विवाद टुंग्याउने सहमति भएसँगै आज (शुक्रबार)देखि सिनेमाघरमा आउने भएको छ । बिहीबार दिउँसो आफूहरूबीच आन्तरिक सहमति जुटेको ‘एक्टर : टेक वन’का निर्माता मोती कार्कीले जानकारी दिनुभयो । दुवै चलचित्रका निर्माताबीच लिखित समझदारी भएको छ । जसमा ‘एक्टर’का निर्माताले अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने सहमति जुटेको उल्लेख छ । ‘हामीहरूबीच आन्तरिक सहमति भएको छ’ निर्माता कार्कीले भन्नुभयो ।
सहमतिपछि दुवै निर्माताले वक्तव्य जारी गर्दै चलचित्रको प्रदर्शनमा सघाउन चलचित्र विकास बोर्ड र देशभरका हललाई आग्रह गरेका थिए । सहमतिपत्रमा ‘एक्टर’का तर्फबाट नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिका सम्राट् थापा, ‘एक्टर : टेक वन’ निर्माता कम्पनी अदृत फिल्म्स प्रालिको तर्फबाट थमनकुमार भण्डारी र अ मोती फिल्मस्को तर्फबाट मोती कार्कीले हस्ताक्षर गर्नुभएको थियो ।
चलचित्र विकास बोर्डले चलचित्र संघलाई पत्र लेख्दै शुक्रबारदेखि हुने प्रदर्शनमा सहजीकरण गर्न आग्रह गरेको छ । निर्माताले बिहीबार पत्रकार सम्मेलन गर्दै चलचित्र शुक्रबारदेखि रिलिज हुने जनाएका छन् ।
एड्भान्स टिकट बिक्री हलले शुक्रबारदेखि नै सुरु गरेका छन् । चलचित्र संघका महासचिव सुरेन्द्र थापाले बुकिङ शुक्रबारदेखि नै सुरु भएको बताउनुभयो । ‘एक्टर’ चलचित्रतर्फका कानुन व्यवसायी यज्ञमणि न्यौपानेले शुक्रबार अदालत खुल्नेबित्तिकै मुद्दा फिर्ता लिएर तामेलीमा राखिने बताउनुभयो ।
राजन भुसाल निर्देशित चलचित्र ‘एक्टर : टेक वन’ शहीद दिवसको अवसर पारेर बुधबारदेखि सिनेमाघरमा आउँदै थियो । अदालतले अन्तरिम आदेश जारी गरेपछि रोकिएको थियो । चलचित्र’मा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, सुशील सिटौला, निश्चल बस्नेत लगायतको अभिनय छ । थमन भण्डारीको निर्माण रहेको चलचित्रको गीत र ट्रेलरबाट राम्रो हाइप बनेको थियो । तर, नामका कारण उत्पन्न विवाद अदालत प्रवेश गर्दा फिल्मको रिलिज नै रोकिन पुगेको थियो ।
यो चलचित्रको सोमबार साँझ भक्तपुरको राधेराधेस्थित क्युएफएक्स चेनको हलमा प्रिमियर गरिएको थियो । जहाँ चलचित्रकर्मीको उल्लेख्य उपस्थिति थियो । प्रिमियरमा चलचित्रले राम्रो प्रतिक्रिया प्राप्त गरेको थियो । कलाकारको अभिनय, कथावस्तु, ट्वीस्ट एण्ड टर्न, ब्याकग्राउण्ड स्कोरको बढी प्रशंसा भएको थियो । यही चलचित्रबाट डेब्यु गर्नुभएका निर्देशक राजन भुसालको कामको पनि धेरैले तारिफ गरेका थिए । थमनकुमार भण्डारीको निर्माण रहेको यो चलचित्रले ‘स्टार’ बन्न एक पात्रले गर्ने संघर्षको कथा भन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच