
पोखरा । यही माघ २२ गते (मंगलबार)देखि पोखरा रंगशालामा सञ्चालन हुने २४औं आहा रारा पोखरा गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको छ । आयोजक सहारा क्लब पोखराले फुटबल प्रतियोगिताको टाइसिट सार्वजनिक गरेको हो ।
प्रतियोगिताको उद्घाटन खेल आयोजक र विभागीय नेपाल पुलिस क्लबबिच हुनेभएको छ । १२ टिमले भाग लिने सो प्रतियोगितामा भारत, बेलायत, उज्जेकिस्तानका टिमसहित नेपालका ‘ए’ डिभिजन क्लबले भाग लिँदैछन् ।
फागुन ३ मा हुने फाइनलअघि माघ ३० मा पहिलो सेमिफाइनल र १ फागुनमा दोस्रो सेमिफाइनल हुनेछन् । समूह ‘ए’ तर्फ आयोजकसहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी क्लब र बेलायतको ब्रिगेड ब्वाइज क्लब छन् ।
तीमध्ये युके र आर्मीले सिधैं क्रमशः पहिलो र तेस्रो क्वार्टरफाइनल खेल्नेछन् । समूह ‘बी’ मा एपीएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड, संकटा, थ्रिस्टार र उज्जेकिस्तानको ब्लाक बुल्स फुटबल क्लब छन् । तीमध्ये थिस्टार र उजेकिस्तानले सिधैं क्रमशः दोस्रो र चौथो क्वाटरफाइनल खेल्ने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताउनुभयो । प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब पोखरा र विभागीय नेपाल पुसिलबीच हुनेभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच