काठमाडौं ४ : जित नजिक गगन थापा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रतिनिधिसभा सदस्य पदमा विजयी हुने निश्चित भएको छ । उहाँ काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट निर्वाचित हुने पक्का भएको हो ।

अब गन्न बाँकी मत ४ हजार ८७१ छ । तर अहिले नै गगनको मतान्तर ५ हजारभन्दा बढी भएकाले उहाँको जित निश्चित भएको हो । काठमाडौं क्षेत्र नम्बर–४ मा ४५ हजार ७२० मत खसेको थियो । हालसम्म ४० हजार ८३९ मत गणना गरिएको छ ।

पछिल्लो परिणामानुसार थापा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार राजन भट्टराईभन्दा पाँच हजार ९५२ मतान्तरले अगाडि हुनुहुन्छ। अब काठमाडौं–३० को चार हजार ८८१ मत मात्र गन्न बाँकी छ ।

हालसम्म थापाले १८ हजार ९७५ मत पाउनुभएको छ भने भट्टराईले भने १३ हजार २३ मत ल्याउनुभएको छ ।

त्यसैगरी राप्रपाका उम्मेदवार डा. ठाकुर मोहन श्रेष्ठले तीन हजार ८९ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रको मत गणना सुरु भएदेखि नै थापाको अग्रता कायम रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?