नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको सभापतिमा पुनः दिनेश अर्याल

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 1 min

स्याङ्जा । नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको सभापतिमा पुनः दिनेश अर्याल दोहोरिनुभएको छ । नेपाल रेडक्रस सोसाइटीको चालिसौं अधिवेशनबाट अर्याल सर्वसम्मतिमा सभापतिमा निर्वाचित हुनुभएको हो ।

त्यस्तै सर्वसम्मतिमा महिला सभापतिमा लक्ष्मी थापा, उपसभापतिमा लक्ष्मीकान्त रेग्मी, मन्त्री रामचन्द्र अर्याल, कोषाध्यक्षमा महेशबहादुर थापा (गणेश) उपमन्त्रीमा राजेन्द्रदेव खनाल, उपकोषाध्यक्षमा अर्जुनकुमार पौडेल निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा चुडामणि रेग्मी, विष्णुप्रताप खाँड, रोशन लामिछाने, रमेश रेग्मी, थमनारायण ढकाल, कमलबहादुर खड्का, विश्वेश्वर गिरी तथा महिला सदस्यमा विष्णु सुबेदी गैह्रे र नर्मदा अर्याल निर्वाचित भएका हुन् ।

चालिसौं अधिवेशनको प्रतिनिधिसभा सदस्य राजु थापाले शुक्रबार उद्घाटन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?