
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ ।
आज दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा सङ्घको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला हृदयघातका कारण निजको मृत्यु भएको युवा संघका केन्द्रीय सदस्य मदन गिरिले बताउनुभयो ।
राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिनुभएका उहाँ त्यहीँ लड्नुभएका थियो । उहाँलाई तत्काल चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले उहाँलाई मृत घोषित गरेका सदस्य गिरिले बताउनुभयो ।
सैतीस वर्षका उहाँका श्रीमती, तीन छोरी र एक छोरा हुनुहुन्छ । राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरका सहसचिवसमेत रहनुभएका उहाँ स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचित हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच