
दाङ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अबको शिक्षा जीवन शैलीसंग जोडिने खालको शिक्षा हुनु पर्ने बताउनु भएको छ।
शिक्षालाई संस्कृति र जीवनशैलीसँग जोडेर लैजानुपर्ने भन्दै पूर्व मुख्यमन्त्री चौधरीले घोगन्ते शिक्षा हटाउनु पर्ने बताउनु भयाे।
तुलसीपुरमा रहेको ग्रेट अरनीको माध्यमिक विद्यालय तुल्सीपुरको २८औं वार्षिकोत्सवको उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री चौधरीले यस्तो बताउनु भएको हाे।
उहाँले शिक्षा सिप मुलक हुनु पर्ने, संस्कारी परम्परागत संस्कृति जीवनशैलीसँग जोडिएको शिक्षा दिनुपर्ने बचाउनु भयाे। उहाले घोगन्ते विद्या भन्दा पनि सिपमुलक क्षिक्षा , परम्परा, संस्कृति र आम बर्ग क्षेत्रको जीवन शैलीसंग जोडिएको हुनु पर्ने बताउनुभयाे। सबै क्षेत्रमा बिक्न सक्ने खालको शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो । विद्यालयहरूले अबको शिक्षा संस्कृतिसँग जोड्नुपर्ने परम्परागतसँग जोड्नुपर्ने जीवनशैलीसँग जोड्नुपर्ने बताउनुभयो ।
यस विद्यालयबाट उत्पादित जनशक्ति विभिन्न क्षेत्रमा नेतृत्व गर्न सक्षम भएको भन्दै आगामी उत्पादन पनि त्योभन्दा अझ परस्कृत र गुणस्तरीय हुने विश्वास व्यक्त गर्नुभयाे। शिक्षा क्षेत्रमा शिक्षा क्षेत्रमा फरक पहिचान बनाएको विद्यालय विभिन्न क्षेत्रमा उत्कृष्टता प्रदान गरेको आफूले देखेको समेत बताउनुभयाे।
विद्यालय संचालक समितिका अध्यक्ष मान बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावत,प्रबक्ता माधव ओलीको बिशिस्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच