
झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिस)झापाले तीनजना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको छ । शनिबार बिर्तामोडमा सम्पन्न सातौं जिल्ला अधिवेशन , स्मारिका विमोचन तथा पुरस्कर वितरण कार्यक्रममा उनीहरू पुरस्कृत भएको फोनिज झापा अध्यक्ष भूमिका फियाकले बताउनुभयो ।
अध्यक्ष फियाकका अनुसार स्व. डिकमान सुनुवार विरही स्मृति पत्रकारिता पुरस्कारबाट विष्णु सुब्बा पुरस्कृत हुनु भएको छ । विरहीको स्मृतिमा स्थापित सो पुरस्कारको राशि २५ हजार नगद रहेको छ । सुब्बा प्रदेश वाणी अनलाइनसँग आबद्ध हुनुहुन्छ ।
जनही पाँच हजार राशिको उदीयमान पत्रकारिता पुरस्कार रविकिरण बान्तवा राई र सुजन राईलाई प्रदान गरिएको छ । रविकिरण सूर्योदय टेलिभिजन र सुजन हरप्रहर अनलाइनसँग आबद्ध हुनुहुन्छ ।
डिकमान स्मृति र उदीयमान पुरस्कर शाखा अधिवेशनको अवसरमा प्रदान गरिँदै आएको छ । पुरस्कर कार्यक्रमका प्रमुख अतिथि फोनिजका केन्द्रीय उपाध्यक्ष कमन देवान लगायत अतिथिले हस्तान्तरण गर्नुभएको हो ।
सोही अवसरमा फोनिज झापाको रजत वर्ष स्मारिका विमोचन गरिएको छ । दुई सयभन्दा बढी पृष्ठको स्मारिका विश्लेषण, स्मृति, अन्तरवार्ता, विचार ,इतिहास , यात्रा, दृष्टिकोण , सिर्जना ,दस्तावेज र तस्वीर गरी १० खण्डमा समेटिएको छ ।
अधिवेशनले अर्जुन राजवंशीको अध्यक्षतामा तीन वर्षे कार्यकालका लागि १३ सदस्यीय जिल्ला समिति निर्विरोध चयन गरेको छ । जसको उपाध्यक्षमा तिलक योञ्जन , सचिव सन्तोष बेघा , सहसचिव भारती राई र कोषाध्यक्षमा नरेश गुरुङ चयन हुनु भएको छ । अधिवेशनबाट आठजना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच