
स्याङ्जा । नेपाल निजामती कर्मचारी युनियन स्याङ्जा जिल्लाको नवौं अधिवेशनबाट अध्यक्षमा पुरुषोतम कोइराला सर्वसम्मत निर्वाचित हुनुभएको छ । उहाँ भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र स्याङ्जामा कार्यरत हुनुहुन्छ ।
त्यस्तै खुल्ला उपाध्यक्षमा प्रधानमन्त्री कृषि तथा आधुनिकीकरण परियोजनाका कर्मचारी गणेशबन्धु रेग्मी निर्वाचित हुनुभएको छ ।
महिला उपाध्यक्षमा पुतलीबजार शिक्षा शाखामा कार्यरत कर्मचारी शोभा बस्याल निर्वाचित हुनुभएको छ भने समावेशी उपाध्यक्षमा चापाकोट नगरपालिकामा कार्यरत शान्तिकुमारी श्रेष्ठ, सचिवमा भेटेनरी अस्पतालका विनोद शर्मा निर्वाचित हुनुभएको छ ।
सहसचिव पदमा युवातर्फ अर्जुनचौपारीमा कार्यरत आशिककुमार क्षेत्री, कोषाध्यक्षमा भवानी शङ्कर पोखरेल, सदस्यहरुमा चिरञ्जीवी अधिकारी, भुपराज न्यौपाने, चिरञ्जीवी खनाल, लालु कोइराला, राजन बिक, खडानन्द रेग्मी र सन्दिया विष्ट निर्वाचित हुनुभएको छ ।
केन्द्रीय प्रतिनिधिका रुपमा स्याङ्जा जिल्ला अदालतमा कार्यरत कर्मचारी प्रकाश खनाल, भेषबहादुर राना, प्रदीप चापागाईं, राजन तिमिल्सिना, गीताकुमारी राना, विन्दु कोइराला निर्वाचित हुनुभएको छ ।
प्रदेश प्रतिनिधिका रुपमा दशरथ उपाध्याय, माधवप्रसाद न्यौपाने, सिरमती थापा, लक्ष्मी पोख्रेल, दोलराज गैह्रे, नारायणप्रसाद पाण्डे चयन हुनुभएको केन्द्रीय प्रतिनिधि प्रकाश खनालले बताउनुभयो ।
अधिवेशनको प्रतिनिधि सभाका सदस्य तथा नेपाली काङ्ग्रेसका सभापति राजु थापाले शनिबार उद्घाटन गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच