
काठमाडौं । हालै काठमाडौमा सम्पन्न द नेसनल कोअपरेटर्स एलाइन्स नेपाल सम्बद्ध सहकारीकर्मीहरूको बृहत् बैठकले एलाइन्सको केन्द्रीय कार्यसमिति पुनर्गठन गरेको छ । अग्रज सहकारीकर्मी चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा पुनर्गठित एलाइन्सको सहअध्यक्षमा सीताराम काफ्ले र माधव दुलाल, उपाध्यक्षमा गोमा नेपाल, शम्भु घिमिरे, राकेश यादव, रविशरण तिवारी, नवराज न्यौपाने, भूपेन्द्र मल्ल र धनराज जोशी रहनुभएको छ ।
त्यस्तै, महासचिवमा राजेन्द्र पौडेल, सचिवमा रामप्रसाद कसुला, रामशरण घिमिरे र दामोदर पँगेनी, कोषाध्यक्षमा मनोज भण्डारी रहनुभएको छ । सदस्यमा चक्र राई, हरि कोइराला, स्वयम्भुनाथ यादव, मन्दिरा आचार्य, गोविन्द काफ्ले, विद्या कोइराला, राजु गौतम, नारायण श्रेष्ठ, दीपक कोइराला, बैकुण्ठ मिश्र, जगतलाल महर्जन, क्याप्टेन शिवबहादुर कार्की, विजय गुरुङ, शिवध्वज मल्ल, नवराज ढुंगाना, भगवती बस्याल, शशि खड्का, डा. रूपा जोशी, गणेश चन्द, नवराज देवकोटा रहनुभएको छ ।
त्यस्तै, दीप छन्त्याल, लेखनाथ दाहाल, हिमाल ढुंगेल, लक्ष्मण यादव, ध्रुव यादव, भूपेन्द्र मल्ल, विनोद डंगोल, अमरावती महर्जन, इन्द्रज्योति पौडेल, शिव अधिकारी, सीता घिमिरे, विमला श्रेष्ठ, तुलसी धिताल, प्रतिमा चौधरी, दुर्गाप्रसाद कुर्मी, शशिधर पोखरेल, शरद महर्जन र सविना अधिकारी क्षेत्री रहनुभएको एलाइन्सले जनाएको छ । पुनगर्ठित एलाइन्सले आगामी २०८१ फागुन २० गतेभित्र विधानको पूर्ण एवं अन्तिम ड्राफ्ट तयार पार्ने, आगामी २०८२ जेठ १५ गतेभित्र प्रत्येक जिल्लामा जिल्लास्तरीय अधिवेशन सम्पन्न गर्ने, आगामी भदौभित्र सातै प्रदेशमा प्रदेशस्तरीय अधिवेशन सम्पन्न गर्ने, आगामी मसान्तभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच