
पोखरा । राष्ट्रिय फुटबल टोलीका सनिस श्रेष्ठ यो वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानद्वारा सम्मानित हुनुभएको छ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटनका अवसरमा सहारा क्लब पोखराले यो वर्ष श्रेष्ठलाई सम्मान गरेको हो ।
उद्घाटन समारोहका अवसरमा क्लबले सनिसलाई सम्मानसहित ५० हजार ५५५ रुपैयाँ प्रदान गरेको छ । प्रतिभा छनोट समितिको बैठकले यो वर्ष सनिसलाई सम्मान गर्ने निर्णय गरेको थियो । तनहुँको पुर्कोटका सनिस सात वर्षदेखि फुटबल खेलिरहनुभएको छ ।
सहारा क्लबले नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत हरेक वर्ष एक राष्ट्रियस्तरको फुटबल खेलाडीलाई सम्मान गर्दै आएको छ । यो सम्मानबाट यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसक्नुभएको छ ।
पुलिससँग सहारा स्तब्ध
आहा-रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब विभागीय टोली नेपाल पुलिससँग एक-शुन्यले स्तब्ध भएको छ । पुलिसका उज्वल राईको गोलको मद्दतले ६ पल्टको उपाधि विजेता पुलिस प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको हो ।
खेलको ३६ औं मिनेटमा पुलिसले पाएको कर्नरको सदुपयोग गर्दै राईले पुलिसलाई अग्रता दिलाउनुभएको थियो । उहाँको ‘लेफ्ट फुट’ प्रहार सानदार गोलमा परिणत भएको थियो । खेलमा उहाँ प्लेयर अफ द म्याच घोषित हुनुभयो ।
अग्रता जोगाउन सक्दा पुलिसले क्वाटरफाइनलको यात्रा तय ग¥यो । तीन विदेशी खेलाडी र आफ्नै एकेडेमीका खेलाडी लिएर मैदानमा उत्रिएको सहारा यसपल्ट पहिलो खेलमा हार व्यहोरेसँगै प्रतियोगिताबाट बाहिरिएको छ । पुलिसले माघ २६ मा ब्रिगेड ब्वाइज क्लब, यूकेसँग क्वाटरफाइनल खेल्ने छ । बुधबारको खेल विभागीय टोली एपीएफ र ‘ए’ डिभिजन लिग टिम मछिन्द्र फुटबल क्लबबीच हुने छ ।
२४औँ संस्करण
आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २४औँ संस्करण मंगलबारदेखि सुरु भएको छ । गोल्डकपको उद्घाटन पोखरा महानगरका मेयर धनराज आचार्यले गर्नुभएको थियो । आहा रारा गोल्डकपका विजेताले १२ लाख एक हजार र दोस्रो टोलीले ६ लाख एक रुपैयाँ प्राप्त गर्नेछन् ।
२४औँ संस्करणसम्म आइपुग्दा पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबले समान ६ पटक उपाधि जितेका छन् ।
थ्री स्टार क्लबले पाँचपटक र संकटा क्लबले दुईपटक जितेको छ । आयोजक सहारा, अफ्रिकन युनाइटेड, एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब समान एकपटक च्याम्पियन बनेका छन् । पूर्वविजेता मनाङ र अफ्रिकन युनाइटेडबाहेक बाँकी सबै विजेतासहित १२ टोलीले यसपटक प्रतिस्पर्धा गर्दैछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच