डाक्टरको लापरवाहीले युवतीको मृत्यु भएको भन्दै सुर्खेतमा आन्दोलन

नन्दराम जैशी
Read Time = 2 mins

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा एक युवतीको मृत्यु भएपछि मृतकका आफन्तले आन्दोलन जारी राखेका छन् । डाक्टरकोे लापरवाहीले युवतीको मृत्यु भएको भन्दै आफन्तले आन्दोलन जारी राखेका हुन् ।

विहिबारदेखि आन्दोलित मृतकका आफन्तले न्यायको माग गर्दै ऐरिचौकमा सडक जामसहित सडकमा टायर बाल्दै आन्दोलन जारी राखेका हुन् ।

आफै हिंडेर उपचारका लागि अस्पतालमा पुगेकी युवतीको रहस्यमय ज्यान गएको भन्दै आफन्तले सत्यतथ्य छानविन गरी दोषिमाथि कारवाहरीको माग गरेका छन् ।

दैलेखको आठबीस नगरपालिका-५, पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामी पेट दुखेपछि उपचारका लागि बिहीबार बिहानै प्रदेश अस्पताल भर्ना भएकि थिइन । सुर्खेतको वीरेन्द्रनगरस्थित एक निजी अस्पतालमा चेकजाँच गराउँदा पाठेघरमा समस्या देखिएपछि उनी देशकै उत्कृष्ट भनिने प्रदेश अस्पताल सुर्खेत गएकी थिइन ।

भीमाका जेठाजु हर्कबहादुर बलामीले डाक्टरको लापरबाहीले भीमाको मृत्यू भएको भन्दै आन्दोलन जारी रहेको बताए । घटनाको छानबिन र उचित क्षतिपूर्ति हुनुपर्ने माग आफन्तहरूले गरेका छन् ।

यता प्रदेश अस्पतालले एक विज्ञप्ती जारी गर्दै मोलर प्रीगनेन्सीको कारण गम्भिर जटिलता देखा परेपछि उपचारको क्रममा युवतीलाई बचाउन नसकिएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?