सर्लाही । भारतको प्रयागमा संचालन भइरहेको महाकुम्भ मेलामा जाने नेपाली भक्तजनले सिमा क्षेत्रमा महँगो दरमा भारु सटही गर्न बाध्य भएका छन् । नेपाल राष्ट्र बैंकले १ भारतीय रुपियाँ बराबर १.६० नेपाली रुपियाँको विनिमय दर तोके पनि सिमा क्षेत्रमा हाल १.६५ रुपैयाँसम्म लिन थालिएको छ। सिमा क्षेत्रमा दैनिक लाखौँ रुपियाँको सटही हुँदै आएको छ । तर, नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरभन्दा बढी रकम लिइँदा यात्रुहरू आर्थिक मारमा परेका छन्। साथै, नकली नोटको कारोबार पनि बढ्ने सम्भावना रहेको स्थानीयहरूले बताएका छन् ।
हाल सर्लाही सदरमुकाममा रहेको कुनै पनि बैंकले भारु सटही सुविधा नदिएको र सर्लाहीका लागि नोट कोष समेत सञ्चालन गर्दै आएको नेपाल बैंक लिमिटेड मलंगवा शाखाका शाखा प्रवन्धक साधु शरण मण्डलले जानकारी दिनु भयो । उँहाको अनुसार हाल जनकपुरस्थित नेपाल राष्ट्र बैंकबाट मात्र भारु सटही सुविधा उपलब्ध छ ।
सिमा क्षेत्रमा प्रविधिको प्रयोग बढेसँगै मोबाइल बैंकिङमार्फत पनि कारोबार हुन थालेको पाइएको छ । भारतीय र नेपाली बैंकको क्युआर कोड राखेर व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरू समेत देखिएका छन् । यस कारोबारमा संलग्न व्यक्तिहरूले दैनिक १० देखि १५ लाख रुपैयाँसम्म सटही गरिरहेको स्थानीय स्रोतले जनाएको छ ।
सरकारी निकायबाट यसको अनुगमन तथा नियमनमा खासै चासो नदेखिएको भन्दै स्थानीय व्यवसायीहरूले उचित व्यवस्था गर्न माग गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच