लागूऔषधसहित ४ जना पक्राउ

प्रतिकात्मक तस्वीर

मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 2 mins

हेटौंडा । मकवानपुर प्रहरीले ४ ग्राम ९१० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित ४ जनालाई पक्राउ गरेको छ ।

हेटौडा -१५ ड्राईभरडाँडास्थित पुर्व पश्चिम सडकखण्डमा विरगंजबाट हेटौडातर्फ आउदै गरेको गरेको प्र.२-०३-०२१ प ६३०८ र बा.प्र. ०३-००५ प ९६६६ नं. को मोटरसाइकलमा सवार भई आएका ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा-८ बस्ने वर्ष २३ को निखिल तिमल्सिना,हेटौंडा -८ बस्ने वर्ष २८ को भिमसेन पाण्डे, हेटौंडा-७ बस्ने वर्ष २७ को मन्जित गौतम र हेटौंडा-५ बस्ने वर्ष २० को साकार ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीकाअनुसार बुधबार ९:५५ बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि रितपुर्वक शरीर तथा मोटरसाइकलसमेतको खानतलासी गर्ने क्रममा निखिल तिमल्सिनाले बायाँ खुट्टाको जुत्ताभित्र लुकाई छिपाई गरी ल्याईएको अवस्थामा ४ ग्राम ९१० मिलि ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ फेला परेको हो ।

उक्त लागूऔषध सम्बन्धमा सोधपुछ गर्ने क्रममा ४ जना मिलि खरिद गरी ल्याएको भनि बताएको थिए ।

उक्त लागूऔषधसहित निजहरुलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?