एसिया कप खेल्ने नेपाली टोली घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल रग्वी संघले इन्डोनेसियामा अर्काे सातादेखि आयोजना हुने एसिया रग्वी सेभेन्स ट्रफ्री-२०२२ का लागि नेपाली महिला राष्ट्रिय टोलीको घोषणा गरेको छ । संघले बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट १२ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । अन्तिम टोलीमा सञ्जिता बोम्जन, प्रतिक्षा वाग्ले, पुनम भुजेल, सुस्मा थापा, विनिता शाही र अस्मिता बस्नेतले स्थान बनाउन सक्नुभएन ।

१८ सदस्यीय टोली नेपालभरबाट छनोट भएका ३५ सदस्यीय टोलीबाट छनोट भएको थियो । नेपाली टोलीले झण्डै एक महिनादेखि निरन्तर प्रशिक्षण गरिरहेको छ । टोलीको प्रशिक्षकमा टंकराज गिरी र विनोद तामाङ रहनुभएको छ ।

घोषणा भएको नेपाली टोलीमा एलिशा थापा, सिर्जना राई, पञ्चमाया श्रेष्ठ, सावित्री पुर्जा, सविना महर्जन, नानी तामाङ, सुजिना गुरुङ, मनिषा थापा मगर, अप्सरा कार्की, विशाका राई, शर्मिला राई र अर्पना पौडेल रहनुभएको छ ।

एसिया रग्वी सेभेन्स ट्रफ्री यही अगस्ट ६ र ७ मा हुँदैछ । नेपाल रग्वीले चौथोपटक एसियालीस्तरको रग्वी प्रतियोगिता खेल्न लागेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?