थप ८५२ जनामा कोरोना संक्रमण, ३२८ जना संक्रमणमुक्त

Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८८३ जनाको परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार ३ हजार ८७६ जनाको पीसीआर परीक्षण गर्दा ५३१ जना र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३२१ जनामा संक्रमण देखिएको हो ।

आज थपिएका सँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४६२ पुगेको छ । आज ३२८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?