फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने गगन थापाको दाबी

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन दस दिनभित्र अहिलेको सत्ता गठबन्धन भत्किने बताउनु भएको छ ।

फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने थापाले दावी गर्नुभयो ।

नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर १ ले सोमबार तिलोत्तमा १५ कोटीहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘पुसको १० गते निर्माण भएको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्छौं।’

निर्वाचन अगाडिको गठबन्धनले ५ वर्षसम्म संगै सरकार सञ्चालन गर्ने र मुलुकमा स्थिरता, समुन्नति र समृद्धिका लागि काम गर्ने गरी जनताले निर्वाचित गराएकाले जनताको म्याण्डेट विपरीत बनेको बर्तमान सत्ता गठबन्धन भत्काउने उहाँको भनाइ थियो ।
चुनावभन्दा अगाडि गठबन्धन गरेर मत मागेका कारण पछि आएर तलमाथि गर्ने अधिकार कसैलाई नभएको उहाँले दावी गर्नुभयो । व्यवहारमा उच्च राजनीतिक संस्कार र नैतिकता कायम राख्न नसक्नु नेतृत्वको कमजोरी रहेको उहाँ भनाइ छ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसले उठाएको उम्मेदवार निर्वाचित गराउने उहाँले दावी गर्नुभयो । महामन्त्री थापाले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा सिंहदरबार र शीतल निवासबाट समानान्तर सत्ता चल्ने समेत बताउनु भयो ।

महामन्त्री थापाले लोकतन्त्र र संविधानको रक्षा तथा प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि कांग्रेसको विकल्प नभएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?