काठमाडाैं । नेपाली काँग्रेसले विभिन्न भ्रातृ संगठनहरुको अधिवेशन तोकिएकै समयमा गर्ने भएको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पदाधिकारी र विभिन्न भ्रातृ संगठनहरुबीचको छलफलपछि सबै भ्रातृ संगठनहरुको अधिवेशन चैत महिनामै गर्ने निर्णय गरेको हो । काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही चुनौती भएपनि तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्ने निर्णय भएको बताउनु भयो ।
उहाँले भ्रातृ संस्थाका निर्देशन समिति र प्रमुखहरुसँग अधिवेशन तयारीका बारेमा छलफल भएको बताउनु भयो । तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न पार्टीले गर्नुपर्ने सहयोगका बारेमा सुझाव पनि लिएको प्रवक्ता महतले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भातृ संगठनहरुको अधिवेशन सम्पन्न गर्न सिनियर साथीहरुलाई राखेर निर्देशक समिति गठन गरी अधिवेशन चैतसम्म गर्ने भनेर पार्टीले निर्णय गरेको थियो, त्यसैको प्रगतिका बारेमा नेतृत्वमा प्रस्तुत गर्ने र पार्टीले कसरी मद्दत गर्नसक्छ भन्ने बारेमा उहाँहरुसँग छलफल केन्द्रित भयो । केही साथीहरुले चुनौती दर्शाउनुभयो तर धेरै साथीहरुले तोकिएकै समयमा अधिवेशन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।’
प्रवक्ता डा. महतले नेतृत्व तहबाट अधिवेशनको म्याद नथपिने निर्णय भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच