वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका जारी

Read Time = 1 min

काठमाडौं । शैक्षिक परामर्श व्यवसायीको चर्को विरोधपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अध्ययनका लागि विदेश जाने विद्यार्थी लक्षित ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका-२०७९’ परिमार्जनसहित जारी गरेको छ । मन्त्रालयले तयार गरेर स्वीकृत भइसकेको निर्देशिका परामर्श व्यवसायीको दबाबमा परिमार्जन गरिएको छ ।

मन्त्रालयले गत फागुन १८ गते निर्देशिका जारी गरी चैत १८ गतेदेखि लागू गरेको थियो । तर, व्यवसायीको दबाबपछि कार्यान्वयन गर्न सकेको थिएन । मन्त्रालयले विद्यार्थीहरू डिप्लोमा, एड्भान्स डिप्लोमा, भाषा र तालिमका लागि विदेशमा अध्ययन भिसामा आवेदन गर्न नपाउने गरी निर्देशिका ल्याएको थियो ।

सोही व्यवस्थाका कारण खासगरी जापानमा भाषाको नाममा र अस्ट्रेलियामा डिप्लोमा तथा एड्भान्स डिप्लोमा अध्ययनका लागि विद्यार्थी पठाउने कन्सल्टेन्सीले विरोध जनाएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?