
काठमाडौं । वाणिज्य बैंकहरूको कर्जा प्रवाह १२ अर्ब २३ करोडले बढेको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको २० वाणिज्य बैंकहरूको माघ महिनाको कर्जा प्रवाहसम्बन्धी तथ्यांकअनुसार गत पुससम्म कुल कर्जा प्रवाह ४८ खर्ब १५ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा माघमा बढेर ४८ खर्ब २७ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । माघमा १२ अर्ब २३ करोड रुपैयाँले कर्जा प्रवाह बढेको हो । तर, सो अवधिमा कर्जा बढेको देखिए पनि विगतका महिनाहरूको तुलनामा भने कम हो । मंसिरमा ४२ अर्ब रुपैयाँ र पुसमा ९४ अर्ब रुपैयाँले कर्जा प्रवाह बढेको थियो । माघमा माछापुच्छ्रे बैंकको कर्जा प्रवाह सबैभन्दा धेरै चार अर्ब २२ करोड रहेको छ भने दोस्रो स्थानमा रहेको लक्ष्मी सनराइज बैंकले तीन अर्ब ५७ करोड कर्जा प्रवाह गरेको छ । तेस्रो एभरेष्ट बैंकले तीन अर्ब ५१ करोड कर्जा प्रवाह गरेको छ ।
त्यस्तै, हिमालयन बैंकले तीन अर्ब ४५ करोड, प्रभुले तीन अर्ब १३ करोड, सानिमाले दुई अर्ब ८२ करोड, नबिलले दुई अर्ब ७२ करोड, एनएमबीले दुई अर्ब ५९ करोड र सिटिजनले एक अर्ब ९८ करोड कर्जा प्रवाह गरेका छन् ।
नेपाल बैंकले एक अर्ब ३५ करोड, प्राइम कमर्सियलले एक अर्ब २२ करोड, ग्लोबल आइएमईले ८४ करोड, कृषि विकास बैंकले २४ करोड र सिद्धार्थ बैंकले २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
तर, नेपाल एसबिआईको दुर्ई करोड, राष्ट्रिय वाणिज्य बैंककोे दुई अर्ब ४७ करोड, कुमारी बैंककोे तीन अर्ब ७३ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तीन अर्ब ९२ करोड र एनआइसी एसिया बैंकको भने आठ अर्ब ६३ करोडले कर्जा प्रवाह घटेको छ । चालु आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह दुई खर्ब ५६ अर्ब ९४ करोडले बढेको छ । २०८१ असारसम्म वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४५ खर्ब ७० अर्ब ९१ करोड रहेकोमा माघसम्म आउँदा ४८ खर्ब २७ अर्ब ८५ करोड पुगेको छ ।
साउनमा दुई अर्ब, भदौमा ५३ अर्ब र असोजमा ५६ अर्बले कर्जा प्रवाह बढेकोमा कात्तिकमा दुई अर्बले कर्जा प्रवाह घटेको थियो । तर, मंसिरमा ४२ अर्ब, पुसमा ९४ अर्ब र माघमा १२ अर्बले कर्जा प्रवाह बढेको छ । माघसम्म वाणिज्य बैंकहरूमा कुल निक्षेप ५९ खर्ब ९७ अर्ब रहेको छ । जसमा ४८ खर्ब २८ अर्ब रुपैयाँ कर्जा प्रवाह भइसकेको छ । हाल औसत कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७९.३५ प्रतिशत रहेको छ । बैंकहरूले सिडी रेसियो ९० प्रतिशतसम्म पुग्ने गरी कर्जा प्रवाह गर्न पाउँछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच