
गुल्मी । गुल्मीमा एक जना युवक मृत अवस्थामा फेला परेका छन्। यस जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर- ४ जोखुमका अन्दाजी ३२ वर्षीय ओम बहादुर राना मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
आइतबार साँझ घरबाट कोहि कसैलाई जानकारी नगराई हिडेका राना सोमबार दिउँसो ३:०० बजेको समयमा मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले जानकारी दिनुभयो।
आफन्त, घर परिवार, छरछिमेक मिली खोजतलास गर्दा सोही वडाको भुतेगैरामा बाटोदेखि करिब ५० मिटर तल खोल्सामा घोप्टो अवस्थामा मृत रहेको खबर वडा अध्यक्ष होम बहादुर थापाले प्रहरीलाई जानकारी गराउनुभएको थियो।
घटनाबारे प्रहरीले जानकारी पाउनासाथ प्रहरी चौकी पुर्तिघाटबाट प्रहरी सहायक निरीक्षक कमल बन्जाडेको कमाण्डमा तीन जनाको टोलिले घटनास्थल सुरक्षित गरी राखेको र तालुक ईलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक कपिल शाहीको कमाण्डमा पाँच जनाको टोली खटिई गएको घटनाबारे अनुसन्धान कार्य भइरहेको डिएसपी दाहालले जानकारी दिनुभयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच