
नवलपरासी । पश्चिम नवलपरासीको परासीमा पहिलो पटक रामग्राम खाना महोत्सव आयोजना हुने भएको छ। आगामी फागुन १२ र १३ गते दुई दिवसीय महोत्सव सञ्चालन गरिने आयोजकले जानकारी दिएका छन्।
आदिवासी जनजाति महासंघ रामग्राम नगर समितिको आयोजनामा परासीस्थित घण्टाघर चोकदेखि पाईपास रोडसम्म करिब १०० वटा खाना सम्बन्धी स्टल राखिनेछ। स्थानीय मौलिक खानाका परिकार तथा विविध समुदायका भेषभूषाको प्रदर्शनी गर्न स्टलहरूको व्यवस्था गरिने महोत्सव मूल समारोह व्यवस्थापन समितिका संयोजक अविनाश रेश्मीले जनकारि दिनु भयो।
महोत्सवको मुख्य उद्देश्य नाफा कमाउनु नभई मौलिक परिकारमार्फत स्थानीय संस्कृतिको प्रवर्द्धन र समुदायको पहिचान उजागर गर्नु रहेको आयोजक समितिका संयोजक अशोक श्रेष्ठले उल्लेख गर्नु भयो।
महोत्सवमा सबै खाना सम्बन्धी स्टलहरूलाई निःशुल्क उपलब्ध गराइनेछ भने रामग्राम नगरपालिकाले आर्थिक सहयोग गर्नेछ। कार्यक्रमलाई थप आकर्षक बनाउन इन्दिरा जोशी, प्रमोद अग्रहरीलगायतका राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ।
करिब १० हजार आगन्तुक सहभागी हुने अपेक्षा गरिएको उक्त महोत्सवले स्थानीय खानाका परिकार प्रवर्द्धन गर्ने आयोजकहरूको विश्वास छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच