राप्रपा प्रवक्ता मोहन श्रेष्ठलाई मातृशोक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठलाई मातृशोक परेको छ ।

प्रवक्ता श्रेष्ठकी ८१ वर्षीया आमा दिलमाया श्रेष्ठको उपचारका क्रममा ललितपुरको अल्का अस्पतालमा मंगलबार निधन भएको हो ।

उहाँ मुटु, रक्तचाप र स्नायुसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । दिलमायाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । स्वर्गीय दिलमायाका एक छोरा र एक छोरी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?