
काठमाडौं । गेटसेटगेम-एरोस सोलुसन प्रालिको खेल व्यवस्थापन शाखाले भाटभटेनी सुपरमार्केट ३×३ कर्पोरेट बास्केटबल प्रतियोगिता घोषणा गरेको छ । प्रतियोगिता फागुन १७ देखि १८ गते मम्बा स्पोट्र्स सेन्टर काठमाडौंमा हुँदैछ । आयोजकका अनुसार १६ कर्पोरेट टोलीहरू लिग-कम-नकआउट ढाँचामा प्रतिस्पर्धा गर्दै उपाधि जित्न मैदानमा उत्रनेछन् ।
गत वर्षको विजेता इजी सर्भिसेज र उपविजेता भाटभटेनी सुपरमार्केट पुनः आफ्नो उपाधि बचाउन फर्कँदैछन् । एरोस सोलुसनका प्रबन्ध निर्देशक राजजंग थापाले भन्नुभयो, ‘हामी भाटभटेनी सुपरमार्केटलाई शीर्ष प्रायोजकका रूपमा स्वागत गर्न पाउँदा गर्व गर्छौं । उनीहरूको खेलप्रति प्रतिबद्धता नेपालमा बास्केटबल प्रवद्र्धनका लागि प्रेरणादायी छ ।’ प्रतियोगिताका थप साझेदार प्रायोजकमा पेपे पिज्जा ‘फुड पार्टनर’, ऊप्स, आइ लाइक इट ‘मनोरञ्जन पार्टनर’, मम्बा स्पोट्र्स सेन्टर ‘कोर्ट पार्टनर’ र हृयाम्स अस्पताल ‘मेडिकल पार्टनर’ रहेका छन् । आयोजक संस्थाले सबै कर्पोरेट संस्थालाई आफ्नो टिम दर्ता गर्न र आफ्नो बास्केटबल सीप प्रदर्शन गर्न आहृवान गरेको छ । किनभने सिटहरू पहिलो दर्ता, पहिलो प्राथमिकता आधारमा उपलब्ध गराइनेछ । टिम दर्ता फेब्रुअरी २४ सम्म गर्न सकिने पनि आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच