
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरूलाई लक्षित गर्दै प्रत्येक वडामा महिनाको दुई दिन निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने अभियान सुरु गरेको छ। यस कार्यक्रमले स्वास्थ्य सेवामा पहुँच अभाव भएका नागरिकहरूलाई घरदैलोमै उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।
बिहीबार वडा नम्बर ६ मा आयोजित उद्घाटन कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक र गर्भवती महिलाहरूलाई स्वास्थ्य बीमामार्फत निःशुल्क सेवा प्रदान गरिने जानकारी गराउनु भयो।
साथै, नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोली परिचालन गरिने र अशक्त तथा अपाङ्गता भएका नागरिकहरूलाई घरमै पुगेर सेवा दिने व्यवस्था मिलाइएको उहाँले बताउनु भयो।
नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले अस्पताल जान नसक्ने नागरिकहरूलाई लक्षित गरी वडास्तरीय सेवा सञ्चालन गरिएको उल्लेख गर्नुभयो। उहाँले यो सेवाले दीर्घरोगीहरूलाई मात्र नभई रोग लाग्नु अघि नै स्वास्थ्य समस्या पहिचान गर्न समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल-कोरिया मैत्री नगर अस्पतालका प्रमुख डा। दिपेन्द्र कुमार रौशनका अनुसार, यो कार्यक्रमले नगरबासीलाई स्वास्थ्य सेवाको सहज पहुँचमा पुर्याउनेछ। उहाँले भन्नुभयो, “जेष्ठ नागरिक तथा गर्भवती महिलाहरूलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा हामी हर्षित छौं। यस कार्यक्रमबाट धेरैले प्रत्यक्ष लाभ लिनेछन्। समुदायको स्वास्थ्य सुधार गर्न र रोगको शीघ्र पहिचानका लागि यो पहल महत्वपूर्ण हुनेछ।”
प्रदान गरिने सेवाहरू:
- प्रत्येक वडामा अवस्थित स्वास्थ्य संस्थाहरूबाट महिनाको दुई दिन नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालका मेडिकल अधिकृतको संयोजकत्वमा टिम खटाई सेवा प्रदान गरिनेछ। आवश्यकता अनुसार विशेषज्ञ सेवासमेत उपलब्ध गराइनेछ।
- स्वास्थ्य विमामा पर्ने सम्पूर्ण ल्याब सेवा निःशुल्क उपलब्ध गराइनेछ।
- स्वास्थ्य विमामा पर्ने सम्पूर्ण उपलब्ध औषधिहरू निःशुल्क प्रदान गरिनेछ।
- आवश्यकताअनुसार (अल्ट्रासाउन्ड) भिडियो एक्स-रे सेवा उपलब्ध गराइनेछ।
- जटिल अवस्थाका बिरामीहरूलाई विशेषज्ञ सेवाका लागि रिफरल सुविधा प्रदान गरिनेछ।
- स्वास्थ्य विमाको नियमअनुसार को-पेमेन्ट तिर्नुपर्ने उमेर समूहले अनिवार्य रूपमा को-पेमेन्टको रकम तिर्नु पर्नेछ।
- गर्भवती महिलाहरूको नियमित स्वास्थ्य जाँच गरिनेछ।
- स्वास्थ्य विमा नभएका सेवाग्राहीहरूलाई स्थानीय स्वास्थ्य संस्थाहरूबाट उपचार गराइनेछ। औषधिहरू स्वास्थ्य संस्थाहरूमा उपलब्ध भए निःशुल्क वितरण गरिनेछ। साथै, स्वास्थ्य विमामा आबद्ध गराउन दर्ता सहयोगीहरू परिचालन गरिनेछ।
नगरपालिकाले ल्याएको यो नयाँ पहलले स्थानीयबासीलाई सहज, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच