
बैतडी ।बैतडीको डिलासैनी गाउँपालिकामा कृषि प्रदर्शनी मेला लाग्ने भएको छ । यही फागुन १४ गते महाशिवरात्रीको अवसरमा कृषि प्रदर्शनी मेलाको तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।
१४ गतेदेखि १६ गतेसम्म चल्ने कृषि प्रदर्शनी मेलामा गाउँपालिकाभित्रका किशानहरुले आफ्नो बारीमा उत्पादित कृषि उपज ल्याएर बिक्रि गर्न सक्नेछन् ।
किसानहरुले ल्याउने उपजलाई बजारीकरणको लागि स्टल निशुल्क रहेको र राम्रो कृषि उपज उत्पदान गरेका किसानहरुलाई पुरस्कारको व्यवस्था रहेको गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिनुभयो । किसानहरुले जैविक विविधता अन्तर्गत रैथाने बाली, स्थानीय परिकार, स्थानीय प्रसोधित उत्पादनलाई प्रदर्शनी मेलामा ल्याउन सक्ने उहाँले बताउनुभयो ।
डिलासैनि गाउँपालिका–५ मा रहेको हरिनगर खेलमैदानमा कृषि प्रदर्शनी मेला लाग्नेछ । किसानहरुले उत्पदान गरेर ल्याएका उत्कृष्ट उपज फलाउने किसानहरुलाई पुरस्कारको व्यवस्था समेत रहेको छ ।
गाउँपालिकाका अनुसार खाद्यान्न दलहन तथा नगदे बाली, फलफूल, तरकारी, मसला, लहरे बाली र च्याउ लगायतको उपजमा पुरस्कारको व्यवस्था रहेको छ ।
प्रदर्शनी भएका कृृषि वस्तुको प्रत्येक बाली समुहहरुमा प्रथम पुरस्कार दुई हजार, द्धितिय पुरस्कार एक हजार पाँच सय , तृतिय पुरस्कार एक हजार र सान्त्वना पुरस्कार पाँच सय नगद निर्धारण गरिएको कृषि विकासका सम्पर्क प्रतिनिधि दिपकराज जोशीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच