
नवलपरासी। प्रेम-विरहको कथा बोकेको 'याद बाँकी छ' सार्वजनिक भएको छ । श्रीधर अधिकारीको संगीत र एलिना चौहानको स्वर रहेको गीत नमस्ते प्लस युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो।
दिपक विष्टको शब्द रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका छन्। भिडिओमा विक्रम बुढाथोकी र स्मारिका ढकालले अभिनय गरेका छन्। प्रेम विवाह गरेकी युवतीले श्रीमानबाट भोग्नुपरेको पीडालाई भिडियोमा उतारिएको छ। भिडिओको निर्देशन निकेश खड्काले गरेका हुन् भने, निर्माता रामकान्त न्यौपाने हुन्।
भिडिओमा विशाल सापकोटाको छायांकन तथा अमृत चापागाईंको सम्पादन रहेको छ। 'याद बाँकी छ' प्रेम, पीडा र भावनात्मक संघर्षको कथालाई मनछुने ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको गीत हो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच