काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिक क्रिकेट शृंखलाको उपाधिका लागि नेपालले नेदरल्याण्ड्सको सामना गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले खेलको १५औँ ओभरमा वर्षा भएपछि खेल रोकिएको थियो । नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रनको योगफल बनाएको थियो ।
तर, वर्षाका कारण नामिबिया र नेदरल्याण्ड्सबीचको खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडे । केही समयमा वर्षा रोकिएपछि कभर हटाउन खोजिएको थियो । तर, पुनः वर्षा भएपछि खेल रद्द भएको हो । चार खेलबाट पाँच अंक भएको नेदरल्याण्ड्स विजेता बन्दै फाइनल पुग्यो भने चार अंक भएको नेपाल उपविजेताका रूपमा फाइनल प्रवेश गरेको हो । नामिबियाले चार खेलबाट केवल तीन अंकमात्र बनायो ।
अब नेपाल र नेदरल्याण्ड्सबीचको फाइनल मंगलबार हुने छ । लिग चरणको अन्तिम दुई खेलमा जित निकाल्दै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । मंगलबारको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ः३० बजे सुरु हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच