
नवलपरासी । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकामा दुई समूहबीच झडप भएको छ ।
पाल्हीनन्दन गाउँपालिका वडा नम्बर-३ बेलासपुरमा स्थानीय दुई समूहबीच झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड अश्रु ग्यास र ३ राउन्ड हवाइ फायर गरेको छ ।
झडपमा परर ५ जना सिभिल प्रहरी, १५ जना प्रहरी र ५ जना स्थानीय गरी २० जना घाइते भएका छन्।
करिब तीन महिनाअघि सो गाउँका युवायुवतीबीच भागी विवाह भएको थियो । सोमबार साँझ स्थानीय एक समूहले एक जना व्यक्तिलाई कुटपिट गरेका थिए । सोही विषयलाई लिएर आज तनाव बढेको हो । कुटपिटबाट घाइते युवाको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ ।
अहिले झडप नियन्त्रणमा आएपनि पुनः झडप हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । झडपलाई नियन्त्रणमा लिन रुपन्देहीबाट समेत थप प्रहरी खटाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच