इलाम । इलामको जस्बिरेमा संचालनमा रहेको जस्बिरे चिया प्रशोधन उद्योगमा आगलागी भएको छ । आगलागीबाट उद्योगका सबै मेशिन, तयारी चिया र भवन पूरै नष्ट भएको हो ।
गए राति अचानक उद्योगमा आगो लागेको र नियन्त्रण भन्दा बाहिर गएको थियो । आगो के कारणले लाग्यो भन्ने खुल्न सकेको छैन ।
आयो इलाम नगरपालिका र स्थानीयले आगो नियन्त्रणको प्रयास गरेपनि उद्योग पुर्ण रुपमा जलेपछी मात्र नियन्त्रणमा आएको थियो । चिया उद्योगका सञ्चालन सरद सुब्बा केही महिनाअघि काठमाडौंमा आयोजित ‘नेपाल टी च्याजेन्ज २०२४’ मा नेपालका चिया उत्पादकहरूको प्रतिस्पर्धामा नेपालकै ‘बेस्ट टि मेकर’ घोषित भएका थिए ।
उद्योगमा ‘स्पेसल टी’मात्रै उत्पादन हुन्थ्यो । यहाँ ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थाेडक्स चिया उत्पादन हुनेगरेको थियो ।
यहाँ उत्पादित चिया नेदरल्यान्ड, अमेरिका, डेनमार्क, फ्रान्सलगायत देशमा निर्यात हुन्थ्यो भने माग धान्न नसकिएको सुब्बाले बताएका थिए । उद्योगले वार्षिक ३० हजार किलोसम्म तयारी चिया उत्पादन गर्नेगरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच