भोजपुर । नेपाल ट्रेड युनियन कांग्रेस भोजपुरको प्रथम जिल्ला परिषद् सम्पन्न भएको छ ।
जिल्ला सदरमुकाममा रहेको कांग्रेस पार्टी कार्यालयमा भएको परिषद्ले संगठनका गतिविधीहलाई शसक्त बनाएर लैजाने निर्णय गरेको छ । सो क्रममा परिषद्ले जिल्ला अध्यक्ष मनोज कोइरालाबाट पेश भएको सांगठनिक प्रतिवेदन समेत पारित गरेको नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला उपाध्यक्ष अनिल बराईलीले जानकारी दिनुभयो ।
ट्रेड युनियन कांग्रेस कोशी प्रदेश समितिका महासचिव उमानाथ आचार्यले परिषदको उद्घाटन गर्नु हुँदै औपचारिक क्षेत्र र अनौपचारिक क्षेत्रका श्रमिकहरुको सेवा, सर्त, सुविधा, न्युनतम ज्यालालगायतका विषयमा सरकारलाई जिम्मेवार बनाउन ट्रेड युनियनले खवरदारी गरि रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मजदुरहरु नै देश निर्माणको आधार भएकाले मजदुर मैत्री कानुन निर्माण गरेर श्रमिकका समस्या समाधान गर्दै मुलुकको हितमा लगाउनु पर्छ ।”
कार्यक्रममा ट्रेड युनियन कांग्रेस प्रदेश मानव अधिकार तथा ट्रेड युनियन विभागका सदस्य सरोज आले मगर, पदाधिकारी, आवद्ध संघका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । ट्रेड युनियन कांग्रेसले ७७ वटै जिल्लामा परिषद सम्पन्न गरि रहेको छ । आगामी फागुन २१ र २२ गते ललितपुरमा राष्ट्रिय परिषद हुने भएकाले जिल्लाको पनि परिषद गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच