
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले घोराही उपमहानगरपालिका–१३ मा अवस्थित विपश्यना ध्यान केन्द्रको अवलोकन गर्नुभएको छ।
अवलोकनका क्रममा मुख्यमन्त्री आचार्यले ध्यान तथा साधनाले मानिसलाई मानसिक र शारीरिक रूपमा स्वस्थ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। उहाँका अनुसार विपश्यना ध्यानले तनाव न्यूनीकरण गर्दै सन्तुलित जीवनशैली अपनाउन प्रेरित गर्छ।
विपश्यना ध्यान केन्द्रका अध्यक्ष रामबहादुर खड्काका अनुसार हाल केन्द्रमा प्रत्येक महिनामा १० दिवसीय, एकदिवसीय तथा बालबालिकाका लागि छुट्टै शिविरहरू सञ्चालन हुँदै आएका छन्। आगामी वर्ष थप शिविर सञ्चालन गरी सहभागीहरूको संख्या वृद्धि गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।
यस केन्द्रले हालसम्म ३३ वटा शिविर सञ्चालन गरी एक हजारभन्दा बढी व्यक्तिलाई लाभान्वित गरिसकेको छ। आगामी वर्षहरूमा थप शिविर सञ्चालन गर्दै ध्यान अभ्यासलाई व्यापक बनाउने लक्ष्य रहेको छ।
विपश्यना ध्यान केन्द्रको स्थापना सामाजिक अगुवा नारायणप्रसाद शर्माको पहलमा भएको हो। यस केन्द्रको सञ्चालन तथा प्रवर्द्धनमा लुम्बिनी प्रदेश सरकारले योगदान पुर्याउँदै आएको छ। केन्द्रले भविष्यमा थप बजेट सुनिश्चित गर्न प्रदेश सरकारसँग आग्रह समेत गरेको छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच