
नवलपरासी। बर्दघाट नगरपालिका संरक्षकत्वमा नव युवा क्लब बर्दघाट-१६ सूर्यनगरद्वारा आयोजित नवौँ संस्करणको सूर्यनगर गोल्डकप २०८१ अन्तर्गत सेमिफाइनल चरणको अन्तिम खेलमा बिरगंज युनाइटेडले शानदार जित हात पारेको छ।
बुधबार भएको सेमिफाइनल खेलमा बिरगंज युनाइटेडले बागमती युथ क्लब, सर्लाहीलाई ४-० गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलमा बिरगंज युनाइटेडका जर्सी नम्बर ११ अमर डङ्गोल ‘म्यान अफ द म्याच’ घोषित भए।
खेलको पहिलो हाफमै बिरगंजले दुई गोल गरेको थियो भने दोस्रो हाफमा थप दुई गोल गर्दै बागमती युथ क्लबलाई पराजित गर्यो। दोस्रो हाफमा बागमती युथ क्लबले गोल फर्काउने धेरै प्रयास गरे पनि सफल हुन सकेन।
सुर्यनगर रंगशालामा हजारौं दर्शकले सेमिफाइनल खेलको रोमाञ्चक क्षणहरू अवलोकन गरे। नवौं संस्करणको यस प्रतिष्ठित प्रतियोगिताको फाइनल खेल फागुन १६ गते हुनेछ, जहाँ बिरगंज युनाइटेडले बाँसबारी क्लब, काठमाडौंसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। खेल संयोजक मीन गुरुङका अनुसार फाइनल खेल भव्य रूपमा आयोजना गरिनेछ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच