अनलाइनबाट हुने अपराधलाई राज्यको सीमा भित्रका प्रयासले मात्रै रोक्न सकिँदैन : प्रधानमन्त्री ओली

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोग गरेर अपराध हुनै नदिने अवस्था निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले डिजिटल उपलब्धिको प्रयोग गरेर हामीले अपराध नियन्त्रणका काम भन्दा अगाडि अपराध हुनै नदिने प्रकृति निर्माण गर्नु आवश्यक रहेको बताउनु भयो ।

उहाँले अपराध भइहालेको खण्डमा सही, निष्पक्ष, प्रभावकारी छानविन, सही अभियोजन, गल्ती अनुसारको सजायको व्यवस्था हुनु जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले अनलाइनबाट हुने अपराधलाई राज्य र राजनीतिक सीमा भित्रका प्रयासहरुले रोक्न नसक्ने भन्दै सबै देशको सहयोग आवश्यक हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘डिजिटल उपलब्धिको प्रयोग गरेर हामीले अपराध नियन्त्रणका काम भन्दा अगाडि अपराध हुनै नदिने प्रकृति निर्माण गर्नु आवश्यक छ । भइहालेको खण्डमा सही, निष्पक्ष, प्रभावकारी छानविन हुन सकोस् । त्यसको सही अभियोजन हुन सकोस्, गल्ती अनुसारको सजाय होस्, अपराधी गर्ने नछुटुन्, निर्पराध नफसोस् । यस कुरालाई ध्यानमा राखेर प्रभावकारी ढंगबाट काम गर्नुपर्छ । न्याय निरुपण अझ महत्वपूर्ण छ । आज राजनीतिक बाउण्ड्री, देशका सीमाहरुले अपराधलाई रोक्दैन । डिजिटल क्राइम अझ बढी सीमाको वास्तै गर्दैन । त्यसअर्थ आज सीमाभित्रका मात्रै प्रयासले पनि डिजिटलको प्रयोग गरेर डिजिटल एरामा गरिएका अपराधहरु एक्लो देशको प्रयासले नियन्त्रण हुँदैनन् ।’

पारस्परिक सहयोगबाट अपराध नियन्त्रण गर्न सकिने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?