नेबिसंघ ओखलढुंगाको कार्यालय उद्घाटन

राजकुमार कार्की ओखलढुङ्गा
Read Time = 2 mins

ओखलढुंगा । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ ओखलढुंगाले कार्यालय उद्घाटन गरेको छ । बीपीस्मृति भवनमा पार्टी सभापति तेजेन्द्र खनालले रिबन काटेर कार्यालय उद्घाटन गरिएको हो । नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति एवं सिद्धिचरण नगरपालिकाका नगरप्रमुख तेजन खनाल (तेजेन्द्र) को प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रमका बिच कार्यालय उद्घाटन गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी खनालले नेबिसंघ नेपाली कांग्रेसको महत्वपूर्ण संगठनको नर्सरी नै भएको बताउनु भयो । लोकतन्त्रलाई सुदृढ गर्न ग्रामिण भेगको तल्लो भेगसम्म पुर्‍याउने संगठन भनेको नेबिसंघ भएको बताउनु भयो ।

नेबिसंघका जिल्ला अध्यक्ष रोशन महताराको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । नेबिसंघका उपाध्यक्ष हरिचन्द्र श्रेष्ठले कार्यक्रमको सन्चालन गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्दै सभापति महताराले अहिले सम्म नेबिसंघका साथीहरुलाई जम्मा गरेर बस्ने, छलफल गर्ने ठाउँ थिएन । संगठनका गोप्य छफलफल गर्न समेत कठिन थियो । अब त्यो समस्या सधैका लागि समाधान भएको बताउनुभयो । साथै कार्यालय व्यवस्थापन भई कार्यालयमा बस्दा बल्ल अध्यक्ष भएको जस्तो महसुस भएको पनि बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष बिनोद कुमार ताम्रकार, नगरसभापति प्रेमराज गुरुङ, क्षेत्रीय सचिव, तरुणदल नगरसभापति, वडा नं १२ का वडाअध्यक्ष उमंग श्रेष्ठ, वडा नं ९ का वडाध्यक्ष गुणराज खड्का लगायत विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?