हुम्ला । हिमाली जिल्ला हुम्लामा पुनः हिमपात सुरु भएको छ । बिहिवार साँझदेखि जिल्लाको मौसममा फेरवदल आए सँगै शुक्रबार बिहानदेखि हिमपात सुरु भएको छ । शुक्रबार बिहान दस बजेदेखि सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा हिमपात भइरहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो ।
सदरमुकामसहित आसपासका क्षेत्रमा हिमपात बिहानदेखि भए पनि उत्तरी नाम्खा गाउँपालिकाको लिमी, यारी, हिल्सालगायतका उच्च क्षेत्रमा बिहिवार साँझदेखि हिमपात भइरहेको बताइएको छ । उत्तरी हुम्लामा भएको हिमपातले यहाँको जनजीवन चिसोले प्रभावित भएको छ ।
हिमपातसँग तापक्रम माइनसमा झरेको लिमि स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी लोग बोहराले बताउनुभयो । चिसोले यहाँका स्थानीय घरबाहिर निस्कन समस्या बनाएको स्वास्थ्यकर्मी बोहराले बताउनुभयो ।
यस्तै सदरमुकाम सिमकोटमा समेत चिसोले जनजीवन प्रभावित बनाएको छ । हिमपातसँगैको चिसोले बालबालिका, वृद्ववृद्वालाई थप समस्या बनाउने देखिएको छ । साथै अन्तरजिल्ला जोड्ने एक मात्रै छोटोे दुरीको हवाई सेवा समेत अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो ।
सदरमुकाम सिमकोटमा अहिले एक फिटसम्म हिउँ जमेको छ, भने उत्तरी नाम्खामा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । हिमपात भएपछि किसानहरु खुसी भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच