उपमेयर गोल्डकप महिला फुटबल हुने

हिमालय टाइम्स
Read Time = 3 mins

सरोज निरौला/हिटा
उदयपुर । उदयपुर जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिता हुनेभएको छ । थारूहट रंगशाला गाईघाटमा आगामी वैैशाख १६ गते देखि प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिताको उद्घाटन खेल वैैशाख १६ मा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरी र बागमती युवा क्लब सर्लाहीबीच हुनेछ ।

दोस्रो खेल एनविवाइसी सप्तरी र हेटौंडा फुटबल क्लबबीच हुनेछ भने वैशाख १८ मा अल इन वान क्लब झापा र डिडब्लुएफसी धरान-सुनसरीबीच प्रतियोगिता हुनेछ । प्रतियोगितामा आयोजक गाईघाट फुटबल क्लबको महिला टोलीसहित विभिन्न आठवटा क्लबहरूले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आयोजक गाईघाट फुटबल क्लब र पिएसडब्लुसि पथरी मोरङबीच हुने आयोजक जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रञ्जन कार्कीले जानकारी दिनुभयो । थारूहट रंगशाला गाईघाटमा दिनको ३ बजेदेखि सुरु हुने प्रतियोगिताको मुख्य प्रायोजन त्रियुगा नगरपालिकाले गरेको छ, त्रियुगा नगरपालिकाको १६ वटै वडा, नेपाल टेलिकमले समेत प्रतियोगिताका लागि प्रायोजन गरेको छ ।

प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ एन्फाको सहयोग तथा त्रियुगा नगर युवा तथा खेलकुद विकास समिति उदयपुरको समन्वयमा गर्न लागिएको जिल्ला फुटबल संघ उदयपुरका महासचिव मदन भुजेलले जानकारी दिनुभयो । प्रतियोगिताको विजयी समूहलाई एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा कुल १३ लाख खर्च हुने आयोजक जिल्ला फुटबल संघ उदयपुरले जनाएको छ । महिला फुटबल खेलाडीहरूको विकास र प्रबद्र्धन तथा व्यवसायीकरणका लागि प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला फुटबल संघ उदयपुरले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?