
अतीत सानो भविष्य हो, सिङ्गो वर्तमान जसका पाइलालार्ई सम्झन, हेर्न र बुझ्न खोज्दा एउटा आनन्दभूमि एउटा सुखानुभूति, एउटा न दुःख नसुखानुभूतिको विरोधाभास लाग्दो रहेछ, लाग्छ नै । म, यानेकि अतुल आजल तिनै क्षणहरूको धुमिल ऐना हेर्दैछु । किरिङ-मिरिङ थोप्ला भएको ऐना जसलार्ई जति नै सफा पानीले सफा गरे पनि जाँदैन ।
त्यो पहाडको गाउँले ठिढो, गरिबीको मारमा परेर बनिबुतो गर्दै खाए पनि आफ्नै श्रम, आफ्नै पसिना, आफ्नै साथी संगाति, आफ्नै संसार छाँगाबाट झरेको पानी खोलाबाट कलकलाएको पवित्र पानीको स्पर्श आफैँमा एउटा अनुपम तृप्तिको तारतम्य ।
म शहरको केन्द्र काठमाडौं आएँ । सुखको नाम्लो तिनै पहाडी वनलार्ई, पाखालार्ई पर्वतलार्ई, हिमाललई सुम्पे दुःखको नाम्लोमा चलार्ई नसक्ना लोभका डोका, झुठका डोका, छलकपट स्वार्थका यतिबिघ्न डोका पीठमा झुण्ड्याएको छु । जुनसुकै बेला पनि तिनले मेरो मेरुदण्ड किटिक्क भाँचिदिन सक्छन् । मारैमारले थाङ्थिलो भएको मेरुदण्ड आफ्नो ठाउँबाट त धेरै टाढा पुगिसकेकै छ ।
फोनमा घण्टी बज्यो टिर्रटिर्र-मेबाइल घण्टी । मैले उठाएँ । ‘हलो अतुलजी ! कहाँ हुनुहुन्छ तपाईं’ नारी आवाज त्यो पनि अत्यन्त सुरिलो स्वर, जादुमय संसार । ‘म यतै कतै छु, किन र ?’ लचकदार प्रश्न गर्नैपथ्र्यो मैले त्यस स्वरको इज्जतका लागि गरेँ पनि । ‘आज एकपटक भेटौँ न, हजुलार्ई नभेटी भा छैन । खसी बजरमा आइस्योस्न, म त्यहीँ हुन्छु । मोबाइल कट्यो वा काटेको थाहा छैन । अहिले सम्झन्छु–काटेकै हुनुपर्छ । आफैँ किन कट्छ र ?
जीवन जिउन आवश्यक-छोराको शुल्क, घरभाडा, आवश्यक उसका व्यक्तिगत खर्चमात्र नभएर विलासिताका स्कुटरसम्म उसलार्ई उपलब्ध गराएँ । हेरेँ, उसका माग बढ्दै गए । मलार्ई उसका बारेमा निकै गहिरिने जिज्ञासा स्वभाविक जन्मियो । उसको कोठालार्ई स्मरणको क्यान्भासमा कैद गरेँ ।
मोटो, गम्म परेको जिउ, आफैँमा अनुहार त्यस्तो हुनै सक्दैन । चमचम चम्कदा सितारा, सुन्दर आकृति । आहा ! अपूर्व मिलनको क्षण । मैले सोचेँ जीवनमा मोडहरू आफैँ बन्छन् या सभ्यले बनाउँछन् । यो अव्यक्त सुखानुभूति विश्वासभित्र त्यत्तिकै लक्ष्यच्युत भएका होइन हेछन् । सोधेँ-किन त ?
फटाफट उत्तर ओर्लँदै गए-‘म हजुरलार्ई राम्ररी चिन्छु, घर पनि गइसकेकी छु । हामी नजिक नाताका हौँ । हिँडिस्यो न कोठामा जाऔँ । कोठा देखाऊँ भनेर कष्ट दिएकी हुँ’ म कोठामा पुगेँ । विस्तारै निकटता बढ्दै गयो । समय चोरेर म उसलार्ई भेथेँ । ऊ खुला समयले मलार्ई छोप्थी ।
भेट भएकै समय पश्चिमको क्रममा उसले नाम भनेकी थिई राधा । ‘राधा’ यो नाम सम्झनासाथ म झस्केको थिएँ-पौराणिक काव्यधारामा बहँदै आएकी राध । अहिले नेपालकै पूर्वाञ्चलतिर भित्रभित्रै भुसको आगोझैँ सल्कदै परम्परित समाजमा दुर्गन्धित भएकी राधा उसले धेरै सेक्सी पत्रिकामा नाम छपाइसकेकी छे रे । झापा, मोरङ, सुनसरी, ताप्लेजुङसम्मका रेष्टुराँ, बार, क्याफे कुनै पनि बाँकी छैनन् रे । महलपतिदेखि झुप्रावासीसम्म, भूमाफियादेखि कवि कलाकार, गीतकार, संगीतकार कोही बाँकी छैनन् रे । खातेदेखि मातेसम्म, फाइभस्टारदेखि कण्टेनरसम्म उसको पहुँचभन्दा बाहिर छैनन् रे ! अपरिचितदेखि परिचित त्यो पनि जेठाजु, काका, ससुरा, फुपाजुसम्म पनि उसका अँगालाबाहिर छैनन् रे ! नानाभाँतीका कुरा मेरो मस्तिष्कभरि फिल्मी रिलको डोरी घुमेझैँ एकैपटक घुमे ।
बुझ्दै गएँ सायद अप्ठ्येरो परेर होला । बाँच्नका लागि विवशताका अनेकौं सम्भावनामध्येको यो पनि एक हो । जीवन जिउनाका लागि आवश्यक-छोराको शुल्क, घरभाडा, आवश्यक उसका व्यक्तिगत खर्चमात्र नभएर विलासिताका स्कुटरसम्म उसलार्ई उपलब्ध गराएँ । हेरेँ, उसका माग बढ्दै गए । मलार्ई उसका बारेमा निकै गहिरिने जिज्ञासा स्वभाविक जन्मियो । उसको कोठालार्ई स्मरणको क्यान्भासमा कैद गरेँ । सीमातीत आर्थिक डिमाण्ड उपलब्ध गराएको समय उसलार्ई वाचङ्गको रूपमा परीक्षण आवश्यक भयो । रमाइलो कुरा त के रहेछ भने उसका सम्पूर्ण माग जीवन बँचाइका लागि नभएर मस्तिभोगमा पपरवर्तीत भएका रहेछन् । फेरि मेरो दिमी रिल सुनाइको अतीतति गयो । पाथीभरा यात्रामा पुगेकी ऊ, साथमा एकजना पुलिस हाँसीमजाक छिल्लाछिल्ली रोमाञ्चक यात्रा एकजना त्यतै यातारत आफन्त फर्कने, ऊ जाने । अचानक सोधेछन् । उहाँ ? बिना सोच नै उत्तर आयो-मेरो बडिगार्ड विस्मिृत आफन्तले त्यसभन्दा केही भन्न चाहेनन् ।
अँ, म गोज्याङ्ग्रे अतुलमाथि एउटा प्रसङ्ग उक्काएको थिएँ-सीमातीत माग पूरा गरिदिएपछि । म फटाफट उसकी आमाको कोठा ज्ञानेश्वर गएँ । आमा बिरामी, ढिलोचाँडो नबाँच्ने आक्रान्त । ऊ आमाकै ओच्छयानमा लड्ली छोरी बनेर ढसमस्स बसेकी छे । एउटा सानो बच्चा छ-बैनीको । म पुग्नासाथ उसले बहनाको सुई घुमाई । हेरेँ, उसको मुखाकृतिमा यतिबिघ्न पाउडर दलिएको छ-कुनै गवारले पनि यस्तो गर्दैनन् । एक तमास उसको कुरा सुनिरहेको छु । ऊ आमालार्ई भन्दैछे- ‘ममी ! हामी दिदीबैनी अहिले बनेपा भिनाजुकहाँ जान्छौ, यो फुचेलार्ई यही राख्नु है ।’
‘अनि देखेको छैन, कसरी पुग्छौ त ?’ आमाको प्रश्न । आ ! पुगिहालिन्छ नि । बनेपामा पुगेर फोन गछौं, भिनाजु लिन आइहाल्नुहुन्छ’ अहिलेसम्मकी यस युगकी राधा उत्तर दिन्छ । दुवैजना कौतुकपूर्ण तिरकाले मेरो मुखतिर हेर्दै छन् ? म सोच्दै छु । आज यसको ठूलै योजना छ । बडो हाउभउ...कासाथ आमाछोरी नै यो झुक्कियोस् भन्ने हिसाबले कुरा गरिहेका छन् । म बुझ्दैछु-यिनीहरूको अन्तरमनको खिचडी पकाई ।
‘अनि भरे आउँछौ त ?’ आमाको प्रश्न । ‘आस आई गयौं फुचेलार्ई लिन आउँछौ, नआए यही बस्छौ’ त्यस बेलाकी छोरी राधाको उत्तर ।
‘यो त बेक्सन रुन्छ, मामा सैलिनको सहन सक्दैन नि ।’ आमाको व्यक्त आशय ।
कुरा काफी भए ! बढी बुझ्नुपर्ने आवश्यकता नै केही रहेन । घडी हेरेँ-साढे दुई बजेको छ । म उठेँ । आफ्नो कोठामा आएँ । सोचेँ-यसका चर्तिकला आज म राम्ररी यसैलार्ई देखाइदिन्छु पख । बेलुकी ६ बजे । म गोज्याङ्ग्रे अतुल कोठाबाट निस्के उसको कोठा सिनामंगलतिर लागेँ । हेरेँ, मूलढोकामा भोटे ताल्चा लगाएको छ । मेरो अचेतन मभित्र पनि कताकता एउटा जिज्ञासा जज्मिरहेको थियो । सायद यो उतिरको आकर्षण पनि हुनसक्छ । मैले उसप्रति आज गरेका आशङ्का सबै झुट्टा हुन्, ऊ बैनीलार्ई लिएर बनेपा नै गएकी होस् । मेरो शंका गलत हुने ठाउँ थिएन । उसका पलपलका छलकपटले सिद्ध गरिसकेको थियो ।
मूलढोका बन्द, बाहिरबाट भोटे ताल्चा, दिमागी सुई कति घुमेको भन्नोस्त ? अब कसैले त्यसभन्दा उता केही खोजने खोतल्ने प्रयास गर्छ ? अझ रमाइलो त भान्सातिर बाहिरबाटै जाने बरण्डामा एक छेउमा बडेमानको भोटे कुकुर छ । अर्कोतिर मान्साको बाहिरी ढोकामा सानो खिरिलो तर कडा खालको कुकुर छ । फेरि भन्नोस् ? अझै खोतल्ने हिम्मत कसैले गर्ला ? संयोग भनौं वा अपराधको घैटौ फुट्ने दिन नहुने हुनामी सबै हुन्छन् । म हिम्मतका साथ सुरु भएको यात्रामा थिएँ । भयरहित, लज्जारहित, धृष्तरहित । व्यवहारका ठक्करबाट त्यस बिन्दुमा पुगेका मान्छेले पुर्याउनेलार्ई जे पनि गर्न सक्छन् । जतासुकै लड्कइहिन सक्छ । उसको जीवन यसै बिन्दुमा परिभ्रमित भएका समय सामु देखिरहेको छु-म ।
एक टुक्रो बिस्कुट झिकेर भुक्नै लागेको भोटे कुकुरको मुखमा राखिदिएँ । कुकुर चुपचाप अचम्म आफैँलार्ई लाग्यो । यस जीवले मानव अपराधको ज्यादा मात्रा बुझेछ । म बरण्डातिर गएँ । झ्यालको पर्खालमा कान थापेँ । सिसाका झ्याल भएकाले बत्ती बलेको भए उज्यालोको थोरै चमक देखिन्थ्यो । छैन विल्कुल छैन । कोठा अन्धका । अब तेस्रोपटक भन्नोस्-यसपछि त्यसतिर कसैले चासो राख्न सक्छन् ? खोज्छ ? आवश्यक छ ? गरेँ, खोजे आवश्यक ठानेँ, नै त बढेँ अगाडि । यही समाजले, कानुनले ठानेको असहोस् वा खराब, तिरिज पत्ता लगाउन गहिराई पौड्नु म गोज्यांग्रे अतुललार्ई अपरिहार्य भयो । उस्तै पर बिरालालार्ई ढोका थुनेर यातना दियो भने मान्छे मरिदिन सक्छ । म त आफंै मान्छे, यति बिघ्न चक्रव्यूहको चालमा चलाइसकेपछि चुप लागेर बस्नु आफैँमा हराउनु हो मा पुगिसकेको कुनै काँडाले घोच्नेवाला थिएन । सिसाको वालमा कान थापेँ । बिस्तारैका गुञ्गुनाउँदा आवाजले कान चुम्न लागे । निराशाको भए पनि लक्ष्य सफल छ, झट्को पर्दा उघ्रिएको छ । कपदको कालो रातमा जुनलागेका छन् । छल्छामको बुद्धेहार जादुमय पर्दा च्यातिएको छ । झ्यालको तलपट्टि औंला राखेर बिस्तारै उघार्न खोजेँ । घ्वा¥याक्कै झ्याल खुल्यो । बाहिरको टहटह जूनको प्रकाशभित्र छिर्नासाथ देखियो । दृश्य भयानक दृश्य अद्भूत दृश्य दशौं लफंगाको नांगो अवस्थामात्र दुई दिदीबहिनी । त्यसमा पनि बैनीलार्ई हतारहतार अर्को कोठामा लगी बाहिरबाट ताला लगाउने भित्री इरादाकी राध उस युगकी नभएर यस युगकी । ‘ए’ डंकिनी ढोका खोल्छेस् कि बोलाइदिऊँ पुलिस ?’ अन्यास म गोज्यांग्रे अतुलको प्रश्नबाट विचलित ऊ ग्लानि, निराशा र पश्चातापको डढेलोले के गरौं ? के नगरौंको छटपटी अन्तरमनमा उम्लिरहेको अनुहारबाटै स्पष्ट हुन्थ्यो ।
म त आफैँ मान्छे, यति बिघ्न चक्रव्यूहको चालमा चलाइसकेपछि चुप लागेर बस्नु आफैँमा हराउनु हो’मा पुगिसकेको मलार्ई कुनै काँडाले घोच्नेवाला थिएन । सिसाको वालमा कान थापेँ । बिस्तारैका गुञ्गुनाउँदा आवाजले कान चुम्न लागे । निराशाको भए पनि लक्ष्य सफल छ, झट्को पर्दा उघ्रिएको छ ।
ढोका खोली । आमा मामा-कोठामा, भान्सामा, करिडो भरी हिस्की, ब्राण्डी, लेबल, केकेमा केकेका कुरा छाड्नोस् निम्न वर्गीय परिवारकी चेली । अघिको सोचाइ ठीक ठाउँमा छ/छैन ? बुझ्नु थियो अन्तिम तथ्य । प्रश्न गरेँ–बहिनी खै ? उत्तर एकाएक ठाने झैँ नै उफ्रियो उसको मुखबाट मानौँ । डकर्मीले पर्खाल लगाउन अगाडि इँटा तयार पारिसकेको छ, डोरी झुण्ड्याइसकेको छ, अब फटाफट इँटा राख्छ । ‘बहिनी कहाँ छे र यहाँ ? ऊ त आफ्नै डेरा विजयचेकमा छे ।’
म अर्को कोठामा गएँ । त्यसैगरी बाहिरबाट ताला लागेको छ जसरी लग्ला भन्ने अनुमान अगाडि गरिसकेको थिए । अब त्यही दृश्यपटमा उभिएर सोचेँ-पुतलीसडकको किमिची फाष्टफुटमा नौजनासँग छ बजेदेखि भएको उसको लीला बिहान तीनबजे तिनै नौमध्येको एकले नांगै करिडोरमा उसलार्ई फालिदिएको छोराले उसको गोज्यांग छोपिदिएको कुरा, त्यहाँ टिक्क नसकी काठमाडौंको एक विकट गाउँ डेरा सरेको कुरा । त्यता एउटा अस्पताल भएको त्यसका तेह्रजना शेयर होल्डरसँग एकैपटक सामूहिक रतिरागको रंगीन रातसँग खेल्दा मृत्युको मुखमा पुगेकोसम्म मात्र सम्झदा आङ जिरिङग भएर आयो ।
फेरि सम्झेँ माओवादीले अपरहण गर्दाका बाँकी पैसाको बहाना, भ्याकुम किन्दा डेढ लाख लागेको बाहना, दिउँसै उसैका कोठामा एउटा लफंगोसँग छयासी व्यञ्जनको चुस्कीसँग उसको श्रीमान् दुबहीमा छ, उहाँ मेरो श्रीमान्को साथी, भोलि जाँदै हुनुहुँदोरहेछ, समान पठाइदिन बोलाएकी थुक्क नारीहरू मर्नेछ भने हाक्की गर्नु नि कुनै कुरा । ढाँट्नै छ भने जीवनभ ढाँटन् सकियोस्-त्यो यो ढँटाइ त । लगतै स्मरणका अन्तरयात्रमा पल्टिए-क्यान्सरको बिमारले आमा अहिले कि भरै । उता खानाको अभावले बेचैन आमाको हालत मानवीय करुणाको आँसुको सागमा डुबुल्किएको छ । अचम्म हुँदोरहेछ । दुनियाँ तिनै आमा त्यही छोरीलार्ई जन्म दिएको गर्वले फुलेकी छिन् छोरीका यिनै र यस्तै कामको रिमोट बनेकी छिन् ।
सहनुको सीमापार हुनासाथ सबै उदांग पार्न मन लाग्यो मलार्ई, पारिदिएँ । उसलार्ई त्यस नामबाट सडकमा निस्कनै नहुने उसको विचारमा भएपछि-राधाबाट दुर्गामा पुगी, त्यसबाट सीमा नाघेपछि सेवन्तिकामा पुगी, त्यसले कसैलार्ई नलोभ्याएपछि बिस्तारै योजना बदली । लाइन्सक्लवको एक पारिवारिक मेमबरको ओच्छ्यान बनेर-अरू त के नै छर उसको विदेश गई । त्यसतिर अपराजिता खुशीको नामले थोत्रो जीर्ण शरीरलार्ई शृंगारपटार गर्दै सामाजिक सञ्चालमा पुराना देवमूर्तिलार्ई अहँकारकी ढिकुरी योमरपरी बन्ने प्रयासका पाइला चाल्दै विश्वको सानो र साँघुरो गल्तीबाट इज्जतदार भविष्यको सपना देख्दैछ । यो र यस परिधिभित्रको व्यक्तिको इज्जत के हो ? कसरी हो ? र किन हो ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच